सीमानाकाबाट विदेशीहरूको अवैध प्रवेश

  • साउन ४, २०८२ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

नेपाल–भारत खुला सीमानाकाका कारण विदेशीहरुको अवैध प्रवेश बढ्न थालेको पाइएको छ । खुला सिमाना रहेका कारण सहज आवागमनले गम्भीर सुरक्षा चुनौतीसमेत बढेको छ ।

मधेश प्रदेशको सीमावर्ती क्षेत्र वीरगञ्ज, भिठ्ठामोड, कोशी प्रदेशको सीमावर्ती क्षेत्र हुँदै बंगलादेश, भुटान, बर्मा (म्यानमार) र तिब्बतबाट विदेशी नागरिकको अवैध प्रवेश निरन्तर भइरहेको देखिएको छ । केही साता अघि वीरगञ्ज नाकाबाट बंगलादेशीहरुको एक समूह देखिएको थियो ।

त्यस्तै गत चैत १३ गते अमेरिकाबाट ’डिपोर्ट’ भएका १३ भुटानीमध्ये चारजना झापाको बेलडाँगी शरणार्थी शिविरमा अवैध रूपमा प्रवेश गरेका थिए । जसमध्ये तीनजना पानीट्यांकी नाकाबाट लुकीछिपी नेपाल छिरेका थिए भने चौथो व्यक्ति बाहुनडाँगी नाकाबाट प्रवेश गर्दा पक्राउ परेका थिए ।

अमेरिकाबाट डिपोर्ट भएका अरू धेरै शरणार्थी यही शैलीमा नेपाल प्रवेश गरिरहेका छन् । यसबारे स्थानीय सुरक्षा संयन्त्र बेखबर देखिएको छ । नेपाल, भारत र बंगलादेशको सीमाको संगमस्थल मानिने पूर्वी क्षेत्रतर्फको ‘सिलिगुडी कोरिडोर (चिनेक नेक) क्षेत्र अवैध घुसपैठका लागि प्रमुख र संवेदनशील क्षेत्र बनिरहेको छ ।

भेषभुषा बदलेर तिब्बतीहरू, नक्कली आधार कार्ड देखाएर बर्मेलीहरू, नेपाली जस्तो देखिने भुटानी र भारतीयजस्ता देखिने बंगलादेशी नागरिक सजिलै नेपाल प्रवेश गर्दै आएका छन् । भुटानीहरू त नेपालीजस्तै अनुहार र भाषा भएका कारण सहजै प्रवेश गरिरहेका छन् । भारतले नाका वारपार गर्न एकतर्फी ‘आईडी भेरिफिकेसन्स’ अनिवार्य गरेको छ ।

तर पनि विदेशीहरू वैकल्पिक बाटो प्रयोग गरेर नेपाल प्रवेश गरिरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै विदेशी नागरिकलाई नेपाल प्रवेश गराउन सीमापारि र वारि दुवैतिर दलालहरू सक्रिय पाइएको छ । भुटानी युवाहरूलाई जनही १०÷१० हजार भारतीय रुपैयाँ असुलेर नेपाल प्रवेश गराएको घटनाले पुष्टि हुन्छ ।

त्यस्तै, बंगलादेशीहरू मतदाता परिचयपत्र र नक्कली आधार कार्ड देखाएर भारतीय नागरिकको रुपमा नेपाल प्रवेश गर्दै आएका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब