युवतीसँगै होटल आएका युवक मृत फेला

  • साउन ५, २०८२ | ४१९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाममा एक युवतीले एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरेकी छन् ।

ती युवतीले पुरुषलाई होटल एसपी एन्ड गेस्ट हाउसमा शनिबार राति एक तला माथिबाट खसालेर हत्या गरेको खुलेको छ । हत्या हुनेमा महोत्तरी गाउँपालिका–१ स्थित पर्साका २८ वर्षीय शनि भन्ने विमलेश यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी बरुणबहादुर सिंहले जनाए अनुसार शनिबार राति करिब ३ बजे युवकलाई धारिलो हतियार प्रहार गरी खसालेको अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पु¥याइए पनि उपचारकै क्रममा बिहान पौने ८ बजे मृत्यु भएको थियो । मृतक यादव एक युवतीसँगै होटलमा बस्न आएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको आधार ती युवतीले नै हत्या गराएको हुन सक्ने आशंका गरेको छ । सो घटनामा प्रहरीले चारजनालाई समातेका छन् । हाल मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय धनुषाले गरिरहेको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब