गोलबजारमा आफ्नै भाईको खुकुरी प्रहारबाट दाईको मृत्यु, भाई फरार

  • साउन ९, २०८२ | ४९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजारमा आफ्नै भाईको खुकुरी प्रहारबाट विहिवार राति दाईको मृत्यु भएको छ। गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाई ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो। 

श्याम र उनकी श्रीमति अन्दाजी १९ वर्षिय कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण झै–झगडाभई कुटपीट गर्न थालेपछि छुट्याउन पुगेका मोतिराममाथि खुकुरी प्रहार भएको स्थानियलाई उद्धरित गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोविन्द प्रसाद साहले जानकारी दिए।

खुकुरी प्रहारबाट छतिमा गम्भिर घाउलागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रदेशिक अस्पताल लहान पठाइएपनि अस्पतलले मृत घोषणा गरेको छ। 

खुकुरी प्रहारगरी तत्काल जंगलतर्फ भागेका श्यामको रातीबाटै खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ। 

शव पोष्ट मार्टमको लागि सोही अस्पतालमा राखिएको छ। खुकुरी प्रहारगर्ने श्यामको खोजी भईरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ। 

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब