मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध न्यूनतम सात वर्ष कैद सजाय माग !

  • साउन १४, २०८२ | ४१९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कार आरोपमा अदालतमा मुद्दा दायर भएको छ ।

एक युवतीलाई उनको निवासमै पुगेर करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी परेपछि उनी केही महिनादेखि फरार थिए । साउन ४ गते पक्राउ परेका पूर्वप्रमुख झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध एक युवतीलाई बलात्कार गरेको आरोप छ ।

आफूलाई ४ जेठ २०८१ मा काठमाण्डुको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप लगाइएको छ । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ । उनीहरूबीच पहिल्यै चिनजान थियो । उनीविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो ।

दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । पीडित युवतीले आफूमाथि एक्लै भएको मौकामा अहिराजले बलात्कार गरेको बताइन् ।

नजिकका नातेदारबाट अहिराजसँग चिनजान भएको उनले बताइन् । चिनजान भएकाले अहिराज आफ्नो घरमा पटक पटक आउने गरे पनि उनले बयानका क्रममा भनेकी छन् । त्यतिबेलादेखि नै उनी आफूसँग नजिक हुन खोजेको पीडित युवतीले बताइन् । विराटनगरकी ती युवती केही समयपछि अध्ययनका लागि काठमाण्डु आएकी थिइन् ।

बानेश्वरमा उनी डेरा गरेर बस्दै आएकी थिइन् । आफ्नै कोठामा आएर अहिराजले बलात्कार गरेको उनले बताइन् । ‘म काठमाण्डु आएको थाहा पाएपछि बानेश्वर स्थित मेरो डेरागरी बसेको कोठामा पनि आउने जाने गर्न थाल्नु भयो । मेरो बुवा आमा घरपरिवारका सम्पूर्ण सदस्यसँग उनको राम्रो चिनजानी भएको फाइदा उठाइ कुनियत राखी २०८१ जेठ ४ गतेका दिन ममाथि बलात्कार भयो,’ पीडित युवतीले भनिन् ।

कोठामा एक्लै बसेका बेला ‘जरुरी कुरा गर्नुछ, तपाईको परिवारबाट सन्देश ल्याएको छु’ भन्दै अहिराज ती युवतीको कोठामा गएको अनुसन्धानका क्रममा पाइएको छ । ‘के सन्देश ल्याएको फोनमा नै भनेको भए हुन्थ्यो । म एक्लै भएको ठाउँमा किन आउनु भएको भनी मैँले भनिरहँदा, उहाँले तिमी किन डराएको तिम्रो घरपरिवारसँग चिनजान भएको हुनाले निर्धक्क भएर बस भन्नु भयो,’ पीडित युवतीले बयान दिएको छ । पानी दिए लगत्तै कोठाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार भएको पीडित युवतीले बताएकी छिन् । ‘मैले किन चुकुल लगाउनु भएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई विस्तारामा पछार्नु भयो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिइ मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु,’ युवतीले भनिन् । मार्ने धम्की दिँदै आफ्नो अस्मिता लुटेको युवतीले बताएकी छन् । उनले भनिन्, ‘तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन् । तलाई कसले मा¥यो, कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुने कै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो,’ युवतीले प्रहरीसमक्ष भनेकी छिन्, ‘ लगातार करणी पश्चात मेरो संवेदनशील अंगबाट रगत बगिरहेको थियो । अब छोडिदिनुहोस् भनि पटक–पटक बिन्ती गर्दै उम्किने प्रयास गर्दा समेत जवर्जस्ती करणी गरिरहे ।’

बलात्कारपछि कुरा बाहिर ल्याएर उल्टै मधेशी समुदायले बहिष्कार गर्ने धम्की दिएको पनि युवतीले बताइन् । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई सात वर्षदेखि दश वर्षसम्म कैद सजाय र पीडितलाई तीन लाख क्षतिपूर्तिको माग गरिएको छ । किटानी जाहेरी परेपछि अहिराजले भित्रभित्रै कसुर लुकाउने प्रयास गरेका थिए । तर असम्भव भएर अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए । उनी नेकपा एमालेसँग आबद्ध छन् ।

अनुसन्धान अधिकारीसमक्ष पीडित युवतीले आफूलाई कोठामै आएर अहिराजले मुख थुनेर जवर्जस्ती करणी गरेको बताएकी छन् । आफूले ज्यान जोगाउने प्रयास गर्दागर्दै चुक्कुल लगाएर भाग्नेसमेत नदिएर घटना घटाएको पीडितको दाबी छ । अहिराजले भने पीडितसँग पहिल्यैदेखि पारिवारिक सम्बन्ध रहेको, काठमाण्डुमा आएर अध्ययन गर्न सहयोग गरेको, विदेश पढ्न जान खोज्दा युवती असफल भएपछि कुलतमा फसेको र आफूले परिवारसँग मिलाउने प्रयास गरेको दाबी गरेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब