पानी परेसंगै धान रोपाइँ रोप्दै किसान

  • साउन १९, २०८२ | २६३ पटक पढिएको | सीमा संदेश
alt

लामो समयको प्रतिक्षापछि पानी पर्न थालेपछि मधेशका किसान हर्षित हुँदै धान रोपाइँमा जुटेका छन् । आकाशे पानीको भरमै धान रोपाइँ गर्ने गरेका किसानलाई अहिलेसम्म पनि परम्परागत पानीकै भरमा पर्नुपर्दा लामो समयसम्मको खडेरीले सुख्खा भएको खेतमा धाँजा फाट्न थालेको थियो । जसले गर्दा किसानहरु निराश भएका थिए । तर लामो समयको अन्तरालपछि आकाशे पानी पर्दा किसान धान रोपाइँमा जुटेका छन् ।

पछिल्लो शुक्रबारदेखि दिनहुँ मधेश प्रदेशका सबैजसो स्थानमा पानी पर्न थालेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ स्थित दिगम्बरपुरका किसान रामउद्गार महतोले लामो खडेरीपछि आएको वर्षाले खेतीमा ज्यान फर्काएको बताए । उनले जेठ र असार महिनामा थोरै पानी पर्दा धान रोपाइँमा गम्भीर असर परेको बताए । उनले भने, ‘कसैले डिप बोरिङको सहायताले रोपाइँ गरेको भएपनि चर्को घामका कारण बिरुवा सुक्न थालेका थिए। तर हालको वर्षाले बालीलाई नयाँ जीवन दिएको छ ।’ स्थानीय किसान दिलीप महतोले पछिल्लो वर्षा किसान र धानबालीका लागि अमृत समान बनेको बताए । सिँचाइ अभावमा रोपिएको बाली सुक्ने अवस्था पुगेको थियो भने त्यससँगै किसानको मिहिनेत खेर जाने अवस्था आइपुगेको थियो। अहिलेको वर्षाले सबथोक बचाएको किसान महतोको भनाइ छ ।

वर्षा नहुँदा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुने अवस्था देखेपछि प्रदेश सरकारले मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने संघीय सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्रको रूपमा सूचीकृत गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार पछिल्ला दिनमा मधेशका सबै जिल्लामा वर्षा भएको छ । उनले प्रदेशका सबैजसो स्थानमा वर्षा भएकाले रोपाइँको गति बढेको बताए ।

कृषि विकास निर्देशनालयका तथ्यांक अनुसार मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जमिन छ । साउन १६ गतेसम्म दुई लाख १३ हजार ४३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। जुन कुल क्षेत्रफलको ५७ प्रतिशत छ । सचिव दाहालले रोपाइँ क्षेत्रमा वृद्धि हुने बताए । उनले पानी पर्ने क्रम कायम रहेकाले साउन महिना भित्रै बाँकी खेतमा पनि रोपाइँ सकिने छ। ढिलो भए पनि यो वर्षाले मधेशका किसान उत्साहित देखिएको बताए ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब