सिरहामा ब्राउनसुगर र अन्य लागुऔषधसहित तीन पक्राउ

  • साउन २५, २०८२ | ६८३ पटक पढिएको | सीमा संदेश

सिरहा, २५ साउन ।  सिराहा नगरपालिका र सीमावर्ती नवराजपुर गाउँपालिकाबाट छुट्टाछुट्टै रूपमा ब्राउनसुगर र अन्य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका- ९, गुलरिया चोकस्थित बाँसझ्याङबाट सिराहा २२ हकपाडा गाउँका करिब ३२ वर्षीय रोशनकुमार यादलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बाँसझ्याङबाट नियन्त्रणमा लिइएका यादवको शरीर खानतलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिकसहित एक ग्राम २६ मिलिग्राम बरामद भएपछि तत्काल पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरन्द्रकुमार पासवानले जानकारी दिए। 

हेल्मेटभित्र लागुऔषध, थप दुई पक्राउ

प्रहरीका अनुसार नवराजपुर गाउँपालिका- ५, सोनरपुरबाट इलाका प्रहरी कार्यालय  झाँझपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नवराजपुरबाट खटिएको संयुक्त टोलीले हेल्मेटभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेका दुईजनालाई पक्राउ गरेको छ।

प्रदेश २–०१–००२ प २९३९ नम्बरको मोटरसाइकलमा रहेका धनगढीमाई नगरपालिका- १४ का करिब ३९ वर्षीय भाइकाजी शाही ठकुरी र ३० वर्षीय संजय राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ठकुरीले लगाएको हेल्मेटभित्र लुकाएको लागुऔषध ५४ वटा सेम्पेक्स ट्याब्लेट भेटिएपछि दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ गरिएका तीनजनालाई सिराहा प्रहरीको हिरासतम राखेर शुक्रबार सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको छ। 

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब