एन्जेलिनादेखि दीपिकासम्म संसारकै सबैभन्दा प्रभावशाली ९० महिलामा

  • साउन २६, २०८२ | ६४३ पटक पढिएको | सीमा संदेश
alt

हलिउड अभिनेत्री एन्जेलिना जोलीदेखि बलिउड अभिनेत्री दीपिका पादुकोणलगायत कला जगतका विभिन्न महिला संसारकै सर्वाधिक ९० महिलाको सूचीमा परेका छन्।

 

 

हालै ग्लोबल कल्चर म्यागेजिन द सिफ्टले जारी गरेको सूचीमा एक्टिभिजम सिर्जनात्मकता, नेतृत्व क्षमता र संस्कृतिको क्षेत्रमा फरक पहिचानको आधारमा तय गरिएको जनाइएको छ। यस सूचीको पहिलो नम्बरमा भने बेलायती मानव अधिकारवादी तथा अन्तर्राष्ट्रिय कानुनविद् अमाल क्लुनी रहेकी छन् भने दोस्रोमा ऐन्जेलिना जोली, तेस्रोमा गायिका सेलेना गोमेज, गायिका बिली आइलिस, पाचौमा कवयित्री अमान्डा गोर्मन, छैठौमा अभिनेत्री जेसिका चास्टेन, सातौमा गायिका ओलिभिया रोड्रिगो, आठौ“मा कलाकार तथा निर्माता लुसी लिउ, नवौमा इतिहासमै पहिलो अफ्रिकन–अमेरिकी प्राइमा बालरिना मिस्टी कोपल्यान्ड र दशौमा टेनिसकी पूर्व खेलाडी बिली जिन किङ रहेका छन्।

बलिउडबाट भने अभिनेत्री दीपिका पादुकोण र निर्देशक जोया अख्तर रहेका छन्। यी दुवैलाई आफ्नो प्रतिभा र साहसी निर्णयद्वारा पुरुषप्रधान मनोरञ्जन उद्योगमा नया पहिचान बनाएको भन्दै सूचीमा सम्मान गरिएको द सिफ्टले जनाएको छ। म्यागेजिनले आ–आफ्नो क्षेत्रमार्फत समाजलाई दिएको योगदानका आधारमा महिलालाई यो लिस्टमा सामेल गर्दै उनीहरूलाई थप अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब