'जनै हराएको मान्छे' मा समर्पित दिदीको भूमिकामा केकी अधिकारी

  • भदौ ५, २०८२ | ५४१ पटक पढिएको | सीमा संदेश
alt

फिल्म 'बोक्सीको घर' ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारीको चर्चा र व्यस्तता थप बढेको छ। उनका एकपछि अर्को फिल्म प्रदर्शन तयारीमा छन्।

यही शुक्रबारदेखि उनी अभिनीत फिल्म 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' प्रदर्शनमा आउँदैछ। यो फिल्ममा केकी मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा छिन्।

फिल्ममा एक दयालु दिदीको भूमिका उनले निर्वाह गरेकी छन्। भाइको जिन्दगीले लय समातोस् भनेर आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदीको चरित्र उनले निर्वाह गरेकी छन्। 

आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि जिउने दयालु खालको पात्रको भूमिकामा उनलाई देख्न पाइन्छ।

उनले घरेलु हिंसा सहेर बसेको थाहा पाएपछि भाइले त्यसको प्रतिकार गर्न खोज्दा उल्टै भाइलाई नै कराउँछिन्। फिल्मको ट्रेलरमा पनि उनलाई भाइका लागि आफ्ना सपनाहरू बिर्सिएकी पात्रका रूपमा देखाइएको छ।

केकीले आफ्नो भूमिकाबारे भनिन्, 'म सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौं आएकी गाउँले युवतीको भूमिकामा छु। तर, समय र परिस्थितिले उसलाई यस्तो मोडमा लिएर जान्छ, जहाँ उसलाई आफ्नो सपना नै याद छैन।' 

उनी अगाडि भन्छिन् 'त्यस्ता धेरै महिला आज काठमाडौंमा हुनुहुन्छ। त्यस्ता महिलामध्ये एक महिलाको पात्र मैले यो फिल्ममा निभाएकी छु।'

हिमाल न्यौपानेको निर्देशनमा बनेको 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' मा केकी र विजयसँगै मिरूना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रियर राईलगायत कलाकारहरूको अभिनय छ।

कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। गोविन्द शाहीको काफिया फिल्मसले यसको वितरणको जिम्मा लिएको छ। 

हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब