१२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको दाबी

  • भदौ १३, २०८२ | १,७५८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेको छ ।

तीमध्ये अधिकांशलाई पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यससँगै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको मन्त्री भगवती न्यौपानेको दाबी छ ।

‘स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ,’ मन्त्री न्यौपानेले भनेकी छन् ।

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । ती सबै स्थानीय तहहरुमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृतहरु खटाइएकाले पूर्णजिम्मेवारी सहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको मन्त्री न्यौपानेले बताइन् ।

मन्त्री न्यौपानेले भनेकी छन्, ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए । आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहीन बनाइएको छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरु बाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । त्यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ ।

‘मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु । देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो,’ मन्त्री न्यौपानेले भनिन् ।

जिम्मेवारीमा खटिएका कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न मन्त्री न्यौपानेले निर्देशन दिएकी छन् ।

मन्त्रालयले दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुदाँ यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वत: रद्ध भएको छ ।

सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये ९ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा समेत छिट्टै दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्री न्यौपानेको सचिवालयले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब