जापानिज इन्सेफलाइटिसः मधेशमा चारजनासहित २० जनाको मृत्यु

  • भदौ १३, २०८२ | ३४१ पटक पढिएको | सीमा संदेश
alt

मुलुकमा जापानिज इन्सेफलाइटिसका कारण अहिलेसम्म मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले भने, “जुलाईमा तीन र अगस्टमा १७ जनाको जापानिज इन्सेफलाइटिसका कारण मृत्यु भएको छ । तराईमा जापानिज इन्सेफलाइटिसको जोखिम बढी देखिएको उनको भनाइ छ । कोशी प्रदेशका झापा, मोरङ र तेह्रथुममा एक/एक गरी तीनजनाको मृत्यु भएको छ ।

त्यस्तै, मधेश प्रदेशको रौतहट र बारामा दुई/दुई, चितवन र नवलपरासीमा तीन÷तीन, अर्घाखाँचीमा एकजनाले जापानिज इन्सेफलाइटिसका कारण ज्यान गुमाएका डा. गौतमले बताए । जापानिज इन्सेफलाइटिसका कारण पश्चिम नवलपरासीमा दुईजनाको मृत्यु भएको छ । प्युठान, दाङ र बर्दियामा गरी तीनजनाको मृत्यु भएको जनाइएको छ ।

यसबाट कैलालीमा एकजनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनको भनाइ छ । सरकारको प्रयासबाट मात्र यसको रोकथाम र नियन्त्रण प्रभावकारी नहुने उनले उल्लेख गरे । व्यक्ति स्वयंले पनि सतर्कता अपनाउनुपर्नेमा उनले बताए । उनले भने, “यो रोग सुँगुर र हाँसलाई टोकेका लामखुट्टेले मानिसलाई टोक्दा सर्छ, मुख्य लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।” विशेष गरी बिहान र बेलुका लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताए ।

गत वर्ष देशमा जापानिज इन्सेफलाइटिसका कारण २५ जनाको मृत्यु भएको थियो । वर्षायाममा यो रोग बढी देखा पर्र्ने भएकाले घर वरिपरि सरसफाइ गर्नुपर्ने, खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जम्न नदिने लगायत विषयमा ध्यान दिन उनले आग्रह गरे । उक्त रोग लागेका मानिसमध्ये ३० प्रतिशतको मृत्यु हुने गरेको छ । डेंगीभन्दा जापानिज इन्सेफलाइटिस जोखिमपूर्ण हुने उनले बताए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब