गाउँपालिका र नगरपालिकामा निमित्त प्रप्रअ शून्य अभियान: दृढताक साथ कार्यान्वयन गरिने हाजिर नगराउनेको आर्थिक अधिकार कटौती हुने

  • भदौ १५, २०८२ | ५९५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशभरका गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत निमित्त राख्ने परम्परालाई अन्त्य गरेसँगै त्यसको सशक्त कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले नयाँ जिम्मेवारीमा खटिनुभएका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीताका साथ निर्वाह गर्न आग्रह गर्दै पालिका प्रमुख र जनप्रतिनिधिहरूलाई पनि जिम्मेवारी लिएर आउनुभएका प्रमुख प्रशासकीय अधिृकतलाई स्वागत गर्न र उहाँहरूको क्षमताको भरमग्दुर उपयोग गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्री न्यौपानेकै योजनाअनुसार मन्त्रालयले गत बिहीबार निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका १०५ नगरपालिका र ८६ गाउँपालिकामा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । त्यसरी नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएसँगै देशभरका सबै गाउँपालिका र नगरपालिकामा निमित्त पूरै हटेको छ । अब कुनै पनि गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छैनन् । कतिपयले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताइरहेको अवस्थामा मन्त्री न्यौपानेले गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शून्यमा झारिएको निर्णयको दृढताका साथ कार्यान्वयन गरिने बताउनुभएको हो ।

मन्त्री न्यौपानेले कार्यभार सम्हाल्दा देशभरका ७ सय ५३ वटा पालिकामध्ये २ सय पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहँदा सेवा प्रवाह मा समस्या देखिँदै आएको थियो भने सुशासनका दृष्टिले पनि ती पालिकाहरू कमजोर बन्दै आएका थिए । मन्त्री न्यौपानेले सुशासनको मुख्य औजार कर्मचारी प्रशासन रहेको बताउँदै यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्ने भएकाले सोहीअनुसार पालिकाहरूमा कर्मचारीको उचित व्यवस्थापन गरिएको बताउनुभयो । मन्त्री न्यौपानेको दृढ प्रतिबद्धता, नीतिगत नेतृत्व र प्रशासनिक सहजीकरणका कारण अब सम्पूर्ण स्थानीय तहहरूमा दरबन्दीअनुसारका प्रप्रअ खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको छ ।

निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरूबाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्ध भएको छ । अब मन्त्रालयले कुनै पनि गाउँपालिका र नगरपालिकामा निमित्त जोसुकै भए पनि उसलाई कुनै प्रकारको आर्थिक अधिकार नदिने स्पष्ट पारेको छ । यसपटक निमित्तलाई शून्यमा पार्दा असहयोग गर्ने र हाजिर गर्न नदिने स्थानीय तहको आर्थिक अधिकार सीधै कटौती गरिदिने रणनीति मन्त्रालयले अख्तियार गरेको छ । साथै खटिएका सबै कर्मचारीहरू अनिवार्य रूपमा पालिकाहरूमा जानै पर्ने र कुनै पनि किसिमको बहानाबाजीको सम्बोधन नहुने जानकारी मन्त्रालयले गराएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब