जग्गा विवादमा फसिन् शाहरुखकी छोरी सुहाना

  • भदौ १८, २०८२ | ५३१ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान कृषि जग्गा खरिदका कारण समस्यामा परेकी छिन्। महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेतीपातीका लागि दिएको जग्गा उनले खरिद गरेको आरोप छ।

महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार, केवल किसान वा किसान परिवारसँग पहिले नै कृषि भूमि भएको व्यक्तिले मात्र त्यस्तो जमिन किन्न सक्छ। गैर-किसानहरूले सिधै कृषि भूमि खरिद गर्न पाउँदैनन्।

त्यस्तै, सरकारले खेतीका लागि मात्र किसानलाई दिएको जग्गा बिक्री गर्न कलेक्टरको स्वीकृति आवश्यक हुन्छ। खरिदकर्ता र बिक्रेता दुवैले तहसीलदार वा कलेक्टरबाट एनओसी (अनापत्ति प्रमाणपत्र) लिनुपर्ने व्यवस्था छ। तर, आरोपअनुसार सुहानाले यो प्रक्रिया पूरा नगरी जग्गा खरिद गरेकी छिन्।

सुहानाले यो जमिन मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट झन्डै १२.९१ करोड रुपैयाँमा किनेकी थिइन्। उनले ७७.४६ लाख रुपैयाँ स्ट्याम्प शुल्क पनि तिरेकी थिइन्।

जग्गा खरिद र स्थानान्तरण प्रक्रिया ३० मे २०२३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत भएको थियो। मुम्बई प्रहरीका आवासीय उपायुक्तले यसबारे थप अनुसन्धानका लागि अलिबाग तहसीलदारबाट प्रतिवेदन मागेका छन्।

यसैबिच, सुहाना चाँडै नै आफ्ना बुबा शाहरुखसँगै फिल्म ‘किङ’ मा देखिनेछिन्। यो उनको दोस्रो फिल्म हुनेछ।

यसअघि उनले ‘द आर्चीज’ बाट डेब्यू गरेकी थिइन्। तर स्टार किड्सले भरिएको त्यो फिल्म दर्शकले खासै मन पराएका थिएनन्।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब