अभिभावकसँग रिसाउँदा जेल हाल्नु, पावरको दुरुपयोग !

  • भदौ १९, २०८२ | ४९५ पटक पढिएको | सीमा संदेश
alt

खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवादपछि पक्राउ परेकी किरण साहले आफूमाथि अन्याय भइरहेको बताएकी छन् । पेटको समस्याका कारण सामान्य उपचारपछि पुनः हिरासतमा ल्याइँदै गर्दा उनले मन्त्री यादवसँग चिनजानको आधारमा आफूले सहयोगको अपेक्षाले फोन गरेको बताइन् ।

साहले मन्त्री यादवसँग उनको एउटा कार्यक्रममा भेटघाट भएको थियो । त्यसैबेला मन्त्रीले उनलाई आफ्नो सम्पर्क नम्बर दिएका थिए । साहले भनिन्, ‘अस्ति घरमा सबैलाई हैजाले सताएपछि मन्त्रीज्यूलाई फोन गरे । खासमा आफ्नो समस्या सुनाउनका लागि फोन गरेको हुँ ।’ साहले अघि थप्दैँ भनिन्, ‘हैजाको संक्रमणले बुवाआमा बिरामी हुनुभयो, त्यसपछि मेरी बहिनीको छोरीको अवस्था गम्भीर भयो, उपचारका लागि ठाउँ पाउन मुस्किल भयो ।’ यही विषयमा सहयोग माग्न मन्त्रीलाई फोन गरेको उनले बताइन् ।

साहले मन्त्रीलाई पटक–पटक फोन गर्दा पनि नउठेको र एकपटक उठेपछि आक्रोश पोखेको स्वीकार गरिन्। उनले भनिन्, ‘मन्त्रीज्यू हाम्रो अभिभावक भएकाले फोन गरेको हुँ, तर त्यही फोनले मलाई थुनामा पु¥यायो।’ उनले थप प्रश्न गर्दै भनिन्, ‘अभिभावकसँग रिसाएर चर्को स्वरमा कुरा गर्दा जेल नै हाल्नुपर्छ त ? उनले आफूमाथि ‘पावरको दुरुपयोग’ गरेर मुद्दा चलाइएको आरोप लगाइन् ।

उनले आफूले सयौँ पटक फोन गर्दा पनि कुनै पहल नभएपछि बाध्य भएर उक्त अडियो सामाजिक सञ्जालमा राख्न लगाएको दाबी गरेकी छन् । साहलाई मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा विद्युतीय कारोबारसम्बन्धी अपराध, ज्यान मार्ने धम्की र झुटो अफवाह फैलाएको कसुरमा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकी साहलाई पेटमा समस्या देखिएपछि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा फर्काइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले बताए ।

गत शनिबार पक्राउ परेकी साहलाई विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो कुरा फैलाएको अभियोगमा अनुसन्धान भइरहेको छ । मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा पक्राउ परेकी साहलाई मंगलबार मात्रै जिल्ला अदालत पर्साबाट दोस्रो पटक तीन दिनको म्याद थप गरिएको थियो ।

गत शुक्रबार राति मन्त्री यादव र साहबीचको टेलिफोन संवाद सामाजिक सञ्जालमा भाइरल भएको थियो। अडियोमा किरणले वीरगन्जमा फैलिएको हैजा र दूषित पानीको विषयमा मन्त्रीलाई कडा प्रश्न गरेकी थिइन् । उनले आफ्नो परिवारका सदस्य पनि हैजाका कारण अस्पतालमा भर्ना भएको भन्दै मन्त्री सम्पर्कमा नआएकोमा आक्रोश पोखेकी थिइन् । सोही क्रममा ‘म तपाईंलाई छोड्दिनँ’ भन्ने उनको भनाइलाई प्रहरीले ज्यान मार्ने धम्कीको रुपमा लिएर अनुसन्धान गरिरहेको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब