काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको महाराजगञ्ज क्षेत्रमा भेटिएको भन्दै ३ जना व्यक्तिले १५ केजी चाँदीको सिक्का प्रहरीलाई बुझाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगञ्ज बस्ने विकाश गुरुङ सहितका ३ जनाले सशस्त्र प्रहरीलाई चाँदी बुझाएका हुन् ।
सशस्त्र प्रहरीले उक्त चाँदी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । सशस्त्र प्रहरीले चाँदीको सिक्का आफूहरूलाई बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनले भने, ‘त्यसमा थप केही छ कि भनेर हामी अनुसन्धान गर्दैछौँ ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved