मन्त्रिपरिषद् विस्तार : ५ जना मन्त्री थपिए, विज्ञयतालाई प्राथमिकता

  • असोज ६, २०८२ | ४६० पटक पढिएको | सीमा संदेश
alt

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले विज्ञहरुलाई प्राथमिकता दिदै ५ जना मन्त्री थपेकी छन् । दोश्रो पटक विस्तार गरिएको समेत मन्त्रिपरिषद्मा ९ जना पुगेका छन् ।

पहिलो पटक प्रधानमन्त्रीले ३ जनालाई मन्त्री बनाएकी थिइन् । उनले ७ जना मन्त्री थपेर ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेकी थिइन् । तर अन्तिम समयमा ५ जनालाई मात्रा मन्त्री बनाइएको छ ।

राष्ट्रपति कार्यालय स्रोतले जनाए अनुसार पूर्व न्यायधीश अनिल कुमार सिन्हा, वैज्ञानिक महावीर पुन, संचारकर्मी जगदीश खडेल, स्वास्थ्यकर्मी संगीता मिश्र र मदन परियार मन्त्री नियुक्त भएका छन् । सिन्हालाई कानून, उद्योग वाणिज्य, भूमि सुधारलगायतको मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पुनलाई शिक्षा मन्त्रालय, मिश्रालाई स्वास्थ्य, खडेललाई सञ्चार तथा प्रविधि र परियारलाई कृषि मन्त्रालय दिइएको छ । पूर्व न्यायधीश सिन्हालाई कानून, स्वास्थ्यकर्मी मिश्रालाई स्वास्थ्य, सञ्चारकर्मी खडेललाई सञ्चार, वैज्ञानिक पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालय दिइएको छ ।

मिश्रालाई विगतको सरकारले स्वास्थ्य सचिवमा बढुवा गरेको थिएन । उनी असन्तुष्ट भई ६ महिनादेखि विदामा थिइन । दोश्रोपटक विस्तारीत मन्त्रिपरिषद्मा समेत जेन– जी युवाहरुको प्रतिनिधित्व भएको छैन ।

रिक्त रहेको १३ मन्त्रालय मध्ये प्रधानमन्त्री कार्कीले २ जना मन्त्री मात्र अब नियुक्त गर्ने छिन् । यसअघि नै उनले ११ सदस्यीय मन्त्रिपरिषद् मात्र गठन गर्ने घोषणा गरेकी थिइन् ।

संघीय सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको छ ।

त्यसैगरि जेन– जीको आन्दोलन छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको छ । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी रहेका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब