गोलबजारमा लुकाएर राखेको १५४ बोरा सरकारी अनुदानको मल बरामद

  • असोज ९, २०८२ | २८० पटक पढिएको | सीमा संदेश
alt

गोलबजार नगरपालिका–६ पानी ट्याङ्की नजिकबाट व्यवसायीले गोदाममा लुकाएर राखेको १५४ बोरा सरकारी अनुदानको मल बरामद भएको छ । 

कृषि सहकारी संस्थाबाहेक अन्यले बिक्री गर्ने अनुमति समेत नरहेको अनुदानको मल बिज भण्डारहरूले महँगो मूल्यमा बेचिरहेको उजुरीपछि बुधबार जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले अनुगमत गर्दा बरामद भएको हो ।

लुकाएर राखेको अवस्थामा युरिया, डिएपी, पोटास र अन्य गरी १५४ बोरा मल बरामद गरेको जिल्ला प्रशासनले जनाएको छ । व्यवसायीले गोदाममा लुकाएको कृषि सामाग्री कम्पनी लिमिटेडबाट वितरित ९६ बोरा डिएपी, ३६ बोरा युरिया र ६ बोरा पोटास बरामद गरेको अनुगमनमा रहेका जिल्ला प्रशासन कार्यालय सिरहाका शाखा अधिकृत अनिलकुमार यादवले जानकारी दिए । 

उनका अनुसार गोदामबाट साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ६ बोरा युरिया र एक बोरा पोटास तथा नौ बोरा अन्य गैरअनुदानित मलसहित १५४ बोरा मल बरामद भएको हो । स्थानीय अनिल सिंहको घरमा गोदाम गरी लुकाएर राखेको मल कसको हो भन्ने नखुलेको साल्ट ट्रेडिङ् लहानका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिए । ‘मल बरामद भएको घरमा महिला मात्र भेटिएकाले कसको भन्ने बताउँन सकिनन्,’ उनले भने । उनका अनुसार बरामद मल कृषि सामाग्रीको लहान शाखामा ल्याएर राखिएको छ ।

व्यापारीहरूको भागाभाग
कृषि सहकारी संस्थामार्फत किसानलाई वितरण गरिनु पर्ने अनुदानको मल व्यवसायीले सहकारी सञ्चालकमार्फत खरिद गरी दोब्बर मूल्यमा बिक्री गरिरहेको किसानको गुनासो छ । अनुदान मलको कालोबाजारीको विषयमा अनुगमन टोली आएको सुइँको पाएपछि कृषि विकास बैंकनजिकै सञ्चालन गरिएको मलखाद बिक्रेता धनेश्वर यादव पसल बन्द गरी भागेको सुरक्षाकर्मीहरूले बताएका छन् । 

उनकै पसल छेउमा मलखाद बिक्री गरिरहेको अर्को पसल सञ्चालकले पनि अनुदानको मल अनधिकृत रुपमा महँगो मूल्यमा बेचिरहेको सूचना पाएर पुग्दा पसल नै बन्द गरेर पहिले नै फरार भइसकेको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीले गोलबजार–६ कै धमिनीस्थान नजिकको एक घरमा अनुदानको मल राखेको भन्ने सूचना भए पनि स्थानीयले गोदाम कसको हो र के छ भन्ने जानकारी नदिएपछि टोलीले शिल गरेको जनाएको छ । अनुगमन टोली आएको सुइँको पाएपछि गोलबजारका धेरै कृषि बिजभण्डार सञ्चालकहरू पसल बन्द गरेर भागेका थिए ।

बिक्रेताहरूको मनपरी
मल बरामद भएको गोदाम घरधनी सम्पर्कमा नआए पनि कौशल महतोले लुकाएर राखेको स्थानीयले बताए । धमिनीस्थाननजिक शिल गरिएको गोदाम भने उनकै दाजु विनोद महतोको रहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले बताए । यसअघि गत १८ साउनमा सिरहा सदरमुकाममा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनको क्रममा मलखाद बिक्री वितरणको अनुमति नै नलिएको स्थानीय विनोद एग्रोभेटबाट आठ बोरा युरिया र ११ बोरा डिएपी बरामद भएपछि जफत गरिएको थियो । 

तेस्रो मुलुकबाट आयात गरिएको डिएपी प्रतिबोरा (५० किलो) औसत खरिद मूल्य पाँच हजार नौ सय ४८ रुपैयाँमा सरकारले तीन हजार सात सय ४८ रुपैयाँ अनुदान दिई औसत दुई हजार दुई सय ७२ रुपैयाँ ५० पैसामा स्थानीय सहकारी, कृषि सहकारीहरुलाई बिक्री गरिनु पर्ने व्यवस्था छ ।

सहकारीहरूले थोरबहुत मल बाँडेर स्थानीय जनप्रतिनिधिको मिलेमतोमा बाँकी एग्रोभेटहरूलाई बढी मूल्यमा बेच्ने गरेको र त्यही मल आफूहरूले किन्नु पर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब