जाँचबुझ आयोगका पदाधिकारीले लिए शपथ, बिहीबारदेखि काम थाल्ने

  • असोज ९, २०८२ | ३६५ पटक पढिएको | सीमा संदेश
alt

गत २३ र २४ भदौको प्रदर्शनमा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका पदाधिकारीले शपथ लिएका छन्। अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग शपथ लिएका हुन्। 

त्यस्तै, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीले अध्यक्ष कार्कीसँग शपथ लिएका छन्। 

सरकारले आन्दोलनकारीमाथि सरकारले गरेको दमन र आन्दोलनका नाममा सरकारी तथा व्यक्तिको सम्पत्तिमा भएको विध्वंस घटनाको छानबिनका लागि आयोग गठन गरेको हो। आयोगलाई तीन महिनाको समय दिइएको छ । बिहीबारदेखि आफूहरूले जाँचबुझको काम थाल्ने अध्यक्ष कार्कीले जानकारी दिए । आयोगलाई पाँच कार्यादेश दिइएको छ।  

आन्दोलनकारीहरुले विद्यार्थीमाथि टाउको र छातीमा गोली चलाउन निर्देशन दिने तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउन माग गरेका छन्। 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब