सान्या अधिकारी बनिन् मिस युनिभर्स नेपाल

  • असोज १०, २०८२ | ६६५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । विश्व चर्चित मिस युनिभर्सको नेपाल फ्रेन्चाइज 'मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या विजेता बनेसँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योति थापा चौथो उपविजेता घोषित भए । फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

विजेता सान्याले २ लाख नगदसहित हजारौँ रकम बराबरका उपहारहरू प्राप्त गरिन् । यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

विजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण टुरिजम क्षेत्रमा परेको असरबारे कुरा गरिन् । उनले विदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन् । उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको टुरिजम क्षेत्रसँग अन्य विविध कुराको प्रवर्द्धन गर्ने बताइन् ।

sandha
सान्या अधिकारी

मिस युनिभर्स नेपाल २०२५ राष्ट्रिय निर्देशन संगीता पुरीले विजेताहरू सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास राखिन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब