गोलबजारबाट ४० बोरा अनुदानित मल बरामद

  • असोज १३, २०८२ | २३६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ असोज। जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार पुनः गोलबजारबाट नेपाल सरकारद्वारा अनुदानित  ४० बोरा मल मरामद गरेको छ। गोलबजार नगरपालिका नगरपालिका ६ का जितन सहनीको घरमा लुकाई छिपाई राखेको नेपाल सरकारद्वारा अनुदानित ४० डिएपी र युरियामल  बरामद गरेको हो। 

विशेष सुचनाको आधारमा छापा मारी उक्त परिमाणको मल बरामद गरेको जिल्ला प्रसास्न कार्यलय सिरहाका प्रतिनीधि सन्तोष रायले जानकारी दिए। उनले भने, ‘यसक्षेत्रमा व्यसायीले नेपाल सरकारद्वारा अनुदानित कृषि सामाग्री कम्पनीको मल लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा छापामार्दा उक्त परीमाणको मल बरामद भएको हो। तत्काललाई इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाम शिल गरिएको छ।’

घरधनी फेला नपरेकाले कसले मल राखेको भन्ने अहिलेसम्म नखुलेपनि मुकेश विज भण्डारले त्यहाँ मल राखेको एक छिमेकीले बताए।

 प्रशासन कार्यालयले तत्काललालाई सवै मलको बोरामा जिल्ला प्रशासन लेखेर गोदाममै शिल गरेर छोडेको छ। घर धनीलाई सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समेत पत्र काटीएको छ। 

छापामार्ने टोलिमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल गोलबजारमा प्रतिनिधीको उपस्थिति रहेको थियो। 

यस अघि पनि गोलबजार ६ बाटै यहि अशोज ८ गते एक सय ५४ बोरा मल बरामद गरेको थियो।

कृषि सामाग्रि कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहान, व्यसायी र कृषि सहकारीहरुको मिलेमत्तोमा सरकारद्वारा अनुदानीत मलमा कालो बजारी हुने गरेको छ। व्यसायीहरुकै अनुसार मल वितरणको जिम्मा पाएका अड्डाका प्रमुखहरुकै मिलेमत्तोमा प्रतिबोरा  दुई देखि तीनसयसमम लिएर ट्रक गोदाममा नल्याई बाहिरैबाट विक्रिगर्ने गरेको बताउँछन्।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब