वरुण धवनको ड्राइभरले मान्छेमाथि चलाए गाडी

  • असोज १३, २०८२ | ३७७ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । बलिउड अभिनेता वरुण धवन यतिबेला ‘सनी संस्कार की तुलसी कुमारी’ फिल्मका कारण चर्चामा छन् । अभिनेताले फिल्मको प्रचारप्रसारमा कुनै कसर बाँकी राखेका छैनन् । यसैबिच सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा एक जना मानिसले वरुणको चालकलाई लापरवाह गाडी चलाएको आरोप लगाइरहेका छन् ।

भिडियोमा वरुण धवन, एक जना मानिस र एक प्रहरी अधिकारीलाई देखाइएको छ । त्यो मानिसले वरुणको ड्राइभरतिर औंल्याउँदै उसले मेरोमाथि गाडी चलायो अनि गाली पनि गरेको बताउँछ । सो समयमा वरुणले बिस्तारै उसलाई ‘ठीक छ ठकि छ’ भन्दै शान्त गर्ने कोशिश गर्छन् । त्यसपछि अभिनेता आफ्नो कारमा चढेर जान्छन् । घटनाबारे खासै धेरै जानकारी आएको छैन ।

प्रयोगकर्ताहरूले यो भिडियोमा धमाधम टिप्पणी गरिरहेका छन् । एक जनाले लेखे, ‘वरुणसँग यस्ता परिस्थितिहरूमा कसरी व्यवहार गर्ने भन्ने व्यावहारिक बुद्धि छ, ऊ शान्त र संयमित छ, अत्यधिक भावनात्मक वा आक्रामक छैन ।’ अर्काे एक जनाले लेखेका छन्, ‘सानो दुर्घटना पछि, ड्राइभरले रोड रिज देखाए र अपशब्द प्रयोग गरे । यसमा ठुलो कुरा के छ ? धेरैजसो मानिसहरूले यस्तो परिस्थितिमा यस्तै  प्रतिक्रिया दिन्छन् । ड्राइभरको हर्कतका लागि वरुणलाई यसमा तान्नुको कुनै अर्थ छैन ।’

वरुणको ‘सनी संस्कारको तुलसी कुमारी’ अक्टोबर २ मा रिलिज हुँदै छ ।  शशांक खेतानद्वारा निर्देशित यस फिल्ममा वरुण धवन, जान्हवी कपूर, सान्या मल्होत्रा र रोहित सराफको अभिनय छ । मनीष पल र अक्षय ओबेरॉय यसमा सहायक भूमिकामा छन् । जान्हवीसँग वरुणको यो दोस्रो फिल्म हो । यसअघि उनीहरू पहिले २०२३ को फिल्म ‘बावल’मा एकसाथ देखा परेका थिए । 

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब