शाहरुख खान अर्बपतिको सूचीमा

  • असोज १९, २०८२ | ३७४ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड स्टार शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा सामेल भएका छन् । यसले उनलाई संसारका अर्बपतिको सूचीमा सामेल गराएको छ ।

हुरुन इन्डिया रिच लिस्ट २०२५ ले तयार पारेको भारतका धनी व्यक्तिहरूको वार्षिक सूचीअनुसार, ५९ वर्षीय अभिनेताको कुल सम्पत्ति १.४ अर्ब डलर अनुमान गरिएको छ ।

यसले उनलाई अर्नोल्ड स्वार्जनेगर, पप स्टार रिहाना, गल्फर टाइगर वुड्स, गायिका टेलर स्विफ्टजस्ता विश्वव्यापी सेलिब्रेटीसँगैको सूचीमा राखेको छ । जसको कुल सम्पत्ति फोर्ब्स पत्रिकाले १.६ अर्ब डलर अनुमान गरेको छ ।

सूचीमा रहेका अन्य बलिउड कलाकारमा अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन र अमिताभ बच्चन र फिल्म निर्देशक करण जोहर समावेश छन् ।

बलिउडमा रोमान्सका राजा भनेर चिनिने शाहरुखले फिल्म उद्योगमा ३ दशक बिताएका छन् । उनले अभिनयबाहेक रेड चिल्लीज नामक निर्माण कम्पनी चलाउँछन् अनि उनी क्रिकेट टीमका मालिक पनि हुन् ।

‘खानको अर्बपति हैसियत मुख्यतया रेड चिलीज इन्टरटेनमेन्ट (उनको फिल्म निर्माण कम्पनी) र आइपीएल क्रिकेट टीम कोलकाता नाइट राइडर क्लबको हिस्सेदारीबाट प्रेरित छ’ हुरुन इन्डियाका संस्थापक तथा प्रमुख अनुसन्धानकर्ता अनस रहमान जुनैदले भने ।

उनको आम्दानीका अन्य स्रोतमा चलचित्रबाट हुने आम्दानी, विज्ञापनका साथै विश्वभरका घरजग्गामा गरिएको लगानी समावेश छ । ‘अर्बपति सूचीमा खानको प्रवेश भारतको परिवर्तनशिल आर्थिक वृद्धि चरित्र दर्शाउने कुराको प्रतिविम्व हो’ जुनैदले भने ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब