गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?

  • असोज २२, २०८२ | ४७१ पटक पढिएको | सीमा संदेश
alt

निवर्तमान सांसद सुमना श्रेष्ठले नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुको आलोचना गरेकी छन्। गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा भएका आगजनी, लुटपाट र तोडफोडमा दोषी रहेको दाबी गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौका मेयर बालेन्द्र शाह र जेनजीका अगुवा सुदन गुरुङ विरुद्ध किटानी जाहेरी दिएपछि श्रेष्ठले समाजिक सन्जालमार्फत विरोध जनाएकी हुन् ।

आन्दोलनका क्रममा युवा मारिएको घटनामा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मंगलबार जेनजीले जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी दिए लगत्तै अनेरास्ववियु प्रतिवादमा उत्रिएपछि श्रेष्ठले क्याम्पसको पोसाक लगाएका विद्यार्थीलाई गोली हान्दा विद्यार्थी संगठनलाई मतलब नभएको तर गोली हान्न आदेश दिने दलको प्रमुखविरुद्ध जाहेरी दिँदा तुरुन्त जाइलागेको टिप्पणी गरेकी छन्।

उनले दलीय भ्रातृ संगठन खारेज गर्न माग गर्दै विद्यार्थीलाई विद्यार्थी रहन दिन आग्रह समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !

तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!

यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!

सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!’

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब