अभिनेत्री परिणीति चोपडा बनिन् आमा, छोरालाई दिइन् जन्म

  • कार्तिक ३, २०८२ | ३९२ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडा आमा बनेकी छिन्। उनले आइतबार छोरालाई जन्म दिएकी हुन्। परिणीतिका पति तथा राज्यसभा सांसद राघव चड्ढाले सामाजिक सञ्जालमार्फत यो खबर सार्वजनिक गरेका छन्।

राघव चड्ढाले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘ऊ अन्ततः आइपुगेको छ! हाम्रो छोरा, र साँच्चै भन्नुपर्दा, हामीलाई यसभन्दा पहिलेको जीवन याद छैन ! हाम्रा हातहरू पूर्ण भएका छन्, हाम्रो मन अझ पूर्ण भएको छ। पहिले हामीसँग एक-अर्का मात्र थियौँ, अब हामीसँग सबै थोक छ। आभारसहित, परिणीति र राघव।’

यो जोडीले सन् २०२५ अगस्ट २५ मा आफूहरू माता-पिता बन्न लागेको आधिकारिक घोषणा गरेको थियो। सन् २०२३ मा विवाह बन्धनमा बाँधिएका परिणीति र राघवको विवाहमा बलिउड र राजनीतिक क्षेत्रका थुप्रै हस्तीहरूको उपस्थिति थियो। 

परिणीतिले सन् २०११ मा 'लेडीज भर्सेस रिकी बहल'बाट बलिउडमा डेब्यु गरेकी थिइन् र त्यसपछि 'इश्कजादे', 'शुद्ध देशी रोमान्स' र 'अमर सिंह चमकीला' जस्ता सफल फिल्ममा काम गरेकी छन्।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब