अश्लील गीतमाथि प्रतिबन्धको माग

  • कार्तिक ५, २०८२ | ५८९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्र अश्लील  गीत र चर्को साउण्ड सिस्टममाथि प्रतिबन्ध लगाउन युवाहरूले माग गरेका छन् ।

शहिदनगर युवा मञ्चका प्रतिनिधिहरूले इलाका प्रशासन कार्यालय यदुकुहा पुगेर यस सम्बन्धमा ज्ञापनपत्र बुझाएका छन् ।

मञ्चका अगुवा लालबाबु मण्डलको नेतृत्वमा गएको टोलीमा इन्जिनियर नरेश यादव, राकेश यादव, अन्मोल भण्डारी, झगरु यादवलगायत युवाहरू सहभागी थिए । 

उनीहरूले छठ पर्वका समयमा चर्को साउण्डमा अश्लील गीत बज्ने, ध्वनि प्रदूषण बढ्ने र सामाजिक सौहार्दमा असर पर्ने जनाउँदै प्रशासनलाई तत्काल रोकथामका लागि पहल गर्न आग्रह गरेका हुन् ।

ज्ञापनपत्रमा छठमा लाउडस्पिकरको प्रयोगमा नियन्त्रण, अश्लील गीतमाथि पूर्ण प्रतिबन्ध र सुरक्षालाई कडाइका साथ सुनिश्चित गर्न माग गरिएको छ।युवाहरूले भनेका छन्,“संस्कृति र धार्मिक पर्वहरूलाई मर्यादित र सभ्य ढंगले मनाउन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ । अश्लील गीत र चर्को साउण्डले समाजमा गलत सन्देश फैलाउँछ ।”

प्रशासनले ज्ञापनपत्र प्राप्त गरेको र युवाहरूको मागबारे आवश्यक समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाका निकायलाई निर्देशन दिने तयारी गरेको जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब