विभिन्न जिल्लाबाट एकैदिन १०९ जुवाडे पक्राउ

  • कार्तिक ५, २०८२ | ५३२ पटक पढिएको | सीमा संदेश
alt

तिहारमा पेशेवर शैलीमा जुवा खेल्ने १०९ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न जिल्लामा जुवाडे पक्राउ गरेको हो। 

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।

चितवन, खैरहनी नगरपालिका–११ बस्ने ५६ वर्षीय एक बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा एक बहादुर समेत ११ जनालाई  पनि सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका–१० ओदान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही नगरपालिका–५ बस्ने ५३ वर्षीय वासु रिमाल समेत १० जनालाई गएराति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने दिपक विकको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७३ हजार ४ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

कास्कीकै पोखरा महानगरपालिका–२६ बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२६ बुढिबजार बस्ने ४४ वर्षीय हेम बहादुर रानाभाट समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार २ सय ५ रूपैयाँ र १४ थान कौडा सहित पक्राउ गरेको हो ।

भक्तपुरको भक्तपुर नगरपालिका–४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका–२ लालमटियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय नरेश बुढा समेत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ७ सय ९५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ खैलार बस्ने टोप बहादुर थापाको घर जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

स्याङ्जा, गल्याङ नगरपालिका–१ मालुङ्गा बस्ने ५० वर्षीय गणेश बस्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका–३ दैजीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय हिक्मत सिँह रावल समेत ७ जनालाई मंगलबार बिहान प्रहरीलेपक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार २ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब