बिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित

  • कार्तिक १०, २०८२ | ४४८ पटक पढिएको | सीमा संदेश
alt

भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचन नजिकिँदै गर्दा जनता दल युनिइटेड (जेडीयू) ले १६ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टीमा विद्रोह गरेको भन्दै जेडीयूले एक बहालवाला विधायक र दुई पूर्वमन्त्रीसहित १६ नेतालाई निष्कासन गरेको हो ।

निष्कासित गरिएका मध्ये अधिकांश नेताहरू पार्टीको आवद्धता रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का आधिकारिक उम्मेदवारविरूद्ध चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टीबाट निष्कासित नेताहरू माथि जेडीयूले ‘पार्टी विरोधी गतिविधि’ मा सहभागी भएको र ‘पार्टीको विचारधारा उल्लंघन’ को आरोप लगाएको बीबीसीले जनाएको छ ।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ ।

६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब