‘बेली चमेली’मा हट भारतीय मोडलसँग पल

  • कार्तिक १०, २०८२ | ५९२ पटक पढिएको | सीमा संदेश
alt

‘बेली चमेली’ गीत युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको स्वर, विनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन छ ।

गीतको मिक्स-मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल-भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा अभिनेता पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन् ।

कवीराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उनको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतुहलता जगाउँछ ।

सुरेश जोशी प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा सुदीप बरालको छायांकन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको रङ संयोजन छ । भिडियोले सामाजिक सञ्जालमा समेत राम्रो चर्चा बटुलिरहेको छ ।

 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब