भारतमा बढ्यो धनी र गरिबबीचको खाडल, एक प्रतिशतको सम्पत्तिमा ६२ प्रतिशत वृद्धि

  • कार्तिक १९, २०८२ | ४२९ पटक पढिएको | सीमा संदेश
alt

भारतमा धनी र गरिबबीचको सम्पत्तिको खाडल पछिल्लो दुई दशकमा तीव्र रूपमा बढेको छ । विश्वका २० सबैभन्दा ठूला अर्थतन्त्रहरूको एउटा मञ्च जी२० टास्क फोर्सको नयाँ प्रतिवेदन सार्वजनिक गर्दै यो तथ्य बाहिर ल्याएको हो । 

सन् २००० देखि २०२३ को बीचमा देशका शीर्ष एक प्रतिशत मानिसको सम्पत्तिमा ६२ प्रतिशतको वृद्धि देखिएको छ ।

प्रतिवेदनमा विश्वव्यापी रूपमा सबैभन्दा धनी एक प्रतिशत मानिसहरूले सन् २००० पछि सिर्जना भएको नयाँ सम्पत्तिको ४१ प्रतिशत हिस्सा आफ्नो कब्जामा लिएको उल्लेख छ । 

यसैबीच, विश्वको ५० प्रतिशत जनसंख्याको सम्पत्तिमा जम्मा एक प्रतिशतको मात्र वृद्धि भएको उल्लेख छ । 

यो प्रतिवेदन ‘वर्ल्ड इनइक्वालिटी ल्याब’को तथ्यांकमा आधारित रहेको बताइएको छ । यसलाई असमानताका कारणहरू तथा त्यसका प्रभावहरूमाथि ध्यान केन्द्रित गर्नका लागि तयार पारिएको हो ।

प्रतिवेदनका प्रमुख तथा नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिट्जले अत्यधिक असमानता भएका देशहरूमा प्रजातन्त्र कमजोर पर्न सक्ने चेतावनी दिएका छन् ।

“यो केवल अन्याय मात्र होइन । हाम्रो अर्थतन्त्र र राजनीतिको लागि पनि खतरा हो,” उनले भनेका छन् । 

यो समिति दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको नेतृत्वमा गठन गरिएको थियो, जसले नोभेम्बर २०२५ सम्म जी२० को अध्यक्षता गरिरहेका छन् । द इकोनोमिक टाइम्स

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब