ट्रम्पको भाषण काटछाँटमा प्रश्न उठेपछि बीबीसी महानिर्देशक र समाचार प्रमुखले दिए राजीनामा

  • कार्तिक २५, २०८२ | ३११ पटक पढिएको | सीमा संदेश
alt

बीबीसीबाट प्रसारण भएको एक वृत्तचित्रको सम्पादनमा प्रश्न उठेपछि महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डबोरा टर्नेसले राजीनामा दिएका छन् । साथै बीबीसीका अध्यक्ष समीर शाहले संसदीय समितिमा माफी मागेका छन् ।

बीबीसीको ‘प्यानोरमा’ले उत्पादन गरेको ‘डोनाल्ड ट्रम्प : अ सेकेण्ड चान्स ?’ नामको वृत्तचित्रमा प्रयोग गरिएको ट्रम्पको एक भाषण एडिटिङमा प्रश्न उठेको थियो । त्यससँग सम्बन्धित समाचार युकेको द टेलिग्राफ नामको पत्रिकामा प्रकाशित भएको थियो ।

आफूले गरेको गल्तीबारे बीबीसी आफैंले लेखेको समाचारमा उल्लेख भएअनुसार उक्त वृत्तचित्रमा ट्रम्पको भाषणका छुट्टाछुट्टै भाग काटेर जोडिएको छ र सन् २०२१ मा क्यापिटल हिलमा भएको दंगा गर्न उक्साएजस्तो देखिने गरी प्रस्तुत गरिएको छ ।

ट्रम्पले ६ जनवरी २०२१ मा वाशिङ्टन डीसीमा गरेको एक भाषणमा ‘हामी क्यापिटलतिर जाने छौं र हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन र विमिनहरूको उत्साह बढाउने छौं ।’

तर सम्पादित भिडियोमा उनले ‘हामी क्यापिटलतिर जाने छौं… र त्यहाँ म तपाईंहरूसँगै हुने छु । अनि हामीहरू संघर्ष गर्छौं, हामी बेस्सरी संघर्ष गर्छौं,’ भनेको सुनिन्छ ।

सम्पादनका क्रममा काटछाँट गरेर जोडिएका यी दुई अभिव्यक्ति ट्रम्पले ५० मिनेटको अन्तरालमा फरक–फरक प्रसंगमा बोलेका थिए । तर सम्पादनको क्रममा एकै ठाउँ जोडिदिएर भड्काउ अभिव्यक्ति दिएजस्तो बनाइएको थियो ।

ट्रम्पले ‘बेस्सरी संघर्ष गर्छौं’ भन्ने प्रसंग अमेरिकामा हुने निर्वाचन कति ‘भ्रष्ट’ हुन्छ भनेर चर्चा गरेको भागबाट लिएर ‘हामी क्यापिटलतिर जाने छौं’ भन्ने भनाइसँग जोडिएको थियो ।

उक्त वृत्तचित्र अमेरिकामा राष्ट्रपति निर्वाचन हुनुभन्दा एक साताअघि बीबीसीको ‘प्यानोरमा’ कार्यक्रममा प्रसारण भएको थियो ।

सम्पादनको क्रममा गरिएको यो त्रुटिबारे टेलिग्राफले समाचार लेखेको थियो । समाचारमा लेखिएको थियो, ‘उक्त दिनको घटनाबारे गरेको तोडमरोडले दर्शकहरूलाई यस्तो प्रश्न गर्न लगाउँछ– बीबीसीप्रति किन विश्वास गर्ने अनि यो क्रम कहिले टुङ्गिन्छ ?’

यस प्रकरणमा डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । उनको टोलीले बीबीसीलाई पूर्ण र न्यायपूर्ण खण्डन गर्न वा १ अर्ब डलर क्षतिपूर्ति दाबी गर्ने चेतावनी दिएका थिए ।

यो विवादपछि माफी माग्दै बीबीसीका महानिर्देशक टिम डेभी र बीबीसीको समाचार विभागको कार्यकारी प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका हुन् ।

बीबीसीका अनुसार टिम डेभीले बीबीसी सार्वजनिक प्रसारण संस्थाका सबै सेवाहरुको सम्पादकीय, सञ्चालनात्मक र सिर्जनात्मक विभागहरुको नेतृत्वमा थिए । उनी सन् २०२० मा नियुक्त भएका थिए ।

यसैगरी सन् २०२२ देखि बीबीसीको समाचार विभागको कार्यकारी प्रमुख रहेकी डेबोरा टर्नेसले समसामयिक विषयसँग सम्बन्धित कार्यक्रमको पनि नेतृत्व गर्दै आएकी थिइन् ।

बीबीसीले उनीहरुको सट्टामा नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब