बिहार विधान सभा निर्वाचन : सत्तारूढ गठबन्धन एनडिएलाई दुईतिहाइ

  • कार्तिक २९, २०८२ | ३१३ पटक पढिएको | सीमा संदेश
alt

भारतको बिहार राज्यको विधान सभाका लागि भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र नीतीश कुमार नेतृत्वको जनता दल (युनाइटेड) अर्थात् जेडियू सम्मिलित नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए)ले दुईतिहाइ सिट जितेको छ । राज्यको २४३ सिटका लागि भएको मतदानमा एनडिएले २०२ सिटमा जित हासिल गरेको छ । उसो त चुनावलगत्तै जारी एक्जिट पोलले अहिले पनि बिहारमा शासन गरिरहेको सत्तारूढ गठबन्धनले नै जित्ने देखाएको थियो । तर, एनडिएले मतपरिणाममा अधिकांश एक्जिट पोलले प्रक्षेपण गरेभन्दा बढी सिट जितेको छ । 

निर्वाचन आयोगका अनुसार भाजपाले ८९ तथा नीतीश नेतृत्वको जेडियूले ८५ सिट जितेको छ । भाजपा पहिलो पार्टी भएको छ, जेडियू दोस्रो, तेजिवी यादव नेतृत्वको आरजेडी २५ सिट जितेर तेस्रो, चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी (रामविलास) १९ सिट जितेर चौथो भएको छ ।  भारतीय नेसनल कंग्रेस ६ सिटसहित बिहारमा पाँचौँ दल भएको छ । 

निर्वाचन आयोगका अनुसार दुई कम्युनिस्ट पार्टीले तीन सिट जितेका छन् । भाकपा माले लिबरेसनले दुई र भाकपा माक्र्सवादीले एक सिट जितेका छन् । उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाज पार्टीले एक सिट जितेको छ । प्रशान्त किशोरको जनस्वराजले एउटा सिट पनि जित्न सकेन । चुनावी रणनीतिकारका रूपमा विगतमा धेरै दललाई चुनाव जिताएका किशोर आफैँ भने असफल ठहरिएका छन् । 

सत्तारूढ गठबन्धनप्रति महिला मतदाताको समर्थन जितको मुख्य कारण बताइएको छ । एनडिएले चुनावअघि प्रधानमन्त्री महिला रोजगार योजनाअन्तर्गत १० हजार प्रदान गर्ने वाचा गरेको थियो । त्यसबाहेक महागठबन्धन बिहारको यादव समुदाय र मुस्लिम धर्मावलम्बी मतदातामाथि बढी निर्भर रहँदा एनडिए ठुलो मतसमूह आकर्षित गर्न सफल भएको सामाजिक अभियन्ता तथा सेफोलोजिस्ट योगेन्द्र यादवले बताएका छन् ।

बिहार चुनावको मुख्य प्रतिस्पर्धा नितिश कुमारको जेडीयु र तेजस्वी यादव नेतृत्वको आरजेडी बीच थियो । हिन्दुस्तान टाइम्सका अनुसार गठबन्धनले उनलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने हो भने अहिलेका मुख्यमन्त्री नितिश कुमार दशौं कार्यकालका लागि मुख्यमन्त्री हुनेछन् ।  २४३ सदस्यीय बिहार विधानसभा चुनाव दुई चरण नोभेम्बर ६ र नोभेम्बर ११ मा भएको थियो । 

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब