भारतको श्रीनगर प्रहरी चौकीमा विस्फोट : सातको मृत्यु, २७ घाइते

  • कार्तिक २९, २०८२ | ४१५ पटक पढिएको | सीमा संदेश
alt

जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम बाइपास प्रहरी चौकीमा शुक्रबार राति शक्तिशाली विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। 

विस्फोट यति ठुलो थियो कि दर्जनभन्दा बढी सवारी साधन जलेर खरानी भए भने नजिकका घरका झ्यालका सिसा टुटेका छन्। विस्फोटको आवाज चानपोरा, सनतनगर, रावलपोरा र पन्थाचौकसम्म सुनिएको थियो।

घाइतेलाई तत्काल उजाला सिग्नस, एसएमएचएस र ९२ बेस अस्पतालमा लगिएको छ। उनीहरूको उपचार जारी छ। प्रारम्भिक अनुमानअनुसार फरीदाबादमा जफत गरिएको अमोनियम नाइट्रेटको नमुना लिँदै गर्दा विस्फोट भएको हुन सक्छ, तर आधिकारिक पुष्टि भएको छैन।

यो त्यही प्रहरी चौकी हो जसले जैश-ए-मोहम्मद र अन्सार गजवत-उल-हिन्दसँग जोडिएको आतंकवादी मोड्युल भत्काएको थियो। अनुसन्धानका क्रममा फरीदाबादबाट दुई ओभरग्राउन्ड कामदार पक्राउ परेका थिए भने २९ सय किलोग्राम विस्फोटक पदार्थ र ठुलो परिमाणमा हतियार बरामद भएको थियो। स्रोतका अनुसार तीमध्ये ३७० किलोग्राम विस्फोटक नौगाम प्रहरी चौकीमै राखिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार विस्फोटपछि ठुलो आगोको ज्वाला टाढैबाट देखिन्थ्यो। दमकल पुगेर आगो नियन्त्रणमा लिइयो। विस्फोटलगत्तै प्रहरीले सबै बाटो बन्द गरेर क्षेत्र सिल गरेको छ। अहिले पनि घटनास्थलमा कसैलाई जान दिइएको छैन। विस्फोटको भयानक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। एजेन्सी

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब