प्रेमभन्दा ठुलो कुरा जसले सम्बन्धलाई सधैँ बलियो राख्छ

  • कार्तिक ३०, २०८२ | ४५३ पटक पढिएको | सीमा संदेश
alt

मनोवैज्ञानिक मार्क ट्राभर्सले जोडीहरूको वर्षौं अध्ययनपछि सम्बन्धलाई साँच्चै टिकाउने कुरा प्रेमभन्दा सम्झौता आवश्यक हुने बताएका छन्। उनका अनुसार धेरैले  सम्बन्ध टिकाउन प्रेम भए मात्रै पुग्छ भन्ने सोच्छन्। तर प्रेम त भावना हो, यो कहिले उकालो त कहिले ओरालो लाग्छ। तनाव, थकान वा सानो कुरामा पनि रिस उठ्न सक्छ। प्रेम भएर पनि झगडा हुन सक्छ।

तर साँचो अर्थमा बलियो जोडीले यो कुरा बुझ्छन् र सम्झौता गर्न सिक्छन्। सम्झौता भनेको न आफ्नो बाटो न पार्टनरको बाटो, दुवै मिलेर ‘हाम्रो बाटो’ बनाउनु हो। विभिन्न अनुसन्धानले समेत झगडा गर्दा ‘हामीले यो निर्णय गर्‍यौँ’, ‘हामीले कुरा गर्‍यौँ’ भन्ने जोडीहरू पछि पनि एकअर्कासँग जोडिएर सन्तुष्ट महसुस गर्ने गरेको देखाउँछ।

ट्राभर्सका अनुसार वास्तविक जीवनमा सम्झौता यसरी गर्न सकिन्छ
आज तिमीले रोजेको चलचित्र हेरिदिने,  
भोलि मलाई मन नपरेको ठाउँमा पनि साथ दिने,  
काम बाँडफाँड गर्ने, बिदाको योजना सँगै मिलाउने।  

सधैँ ठुलो त्याग होइन, सानो-सानो कुरामा आधा बाटो भेट्न तयार हुनु नै सच्चा प्रेम हो। जब दुवै जना एकअर्काको आवश्यकताका लागि ठाउँ बनाउँछन्, तब प्रेमले मात्रै दिन नसक्ने कुरा (विश्वास र भरपर्दो साथ)  बन्छ। मार्क ट्राभर्स भन्छन्, ‘प्रेमले सम्बन्धको सुरुवात गर्छ, तर सम्झौताले सधैँ टिकाउँछ।’ एजेन्सी

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब