निर्वाचनमा सेना परिचालनको तयारी

  • मंसिर १, २०८२ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

आगामी फागुन २१ गतेको आम निर्वाचन सुरक्षालाई कडाइपूर्वक कार्यान्वयन गर्न नेपाली सेना परिचालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको छ । आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले राष्ट्रिय सुरक्षा परिषद्समक्ष सेना परिचालनको सिफारिस गर्न रक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकको अध्यक्षता गरेका गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई शान्तिपूर्ण, विश्वसनीय र अवरोधमुक्त बनाउने उद्देश्यले सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा सक्रिय गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । बैठकमा चारै सुरक्षा निकायका प्रमुख तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेका अनुसार बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । उक्त योजनाअनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न नेपाली सेनासहित सबै सुरक्षा निकायलाई चरणबद्ध रूपमा परिचालन गरिनेछ ।
निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस प्रयोजनार्थ रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ । निर्वाचन सुरक्षालाई लक्षित गरेर प्रदेशगत सुरक्षा गोष्ठी सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

प्रवक्ता काफ्लेका अनुसार पहिलो प्रदेशगत सुरक्षा गोष्ठी लुम्बिनी प्रदेशमा मंसिर ९ गते आयोजना गरिने भएको छ । सो गोष्ठीमा सम्भावित सुरक्षा चुनौती, जोखिम मूल्यांकन, विपद् व्यवस्थापन, हिंसात्मक गतिविधि रोकथाम तथा समन्वय प्रक्रियाबारे विस्तृत छलफल गरिनेछ ।

बैठकले निर्वाचन विरोधी गतिविधि बढ्न सक्ने आशंकामाथि गम्भीर ध्यानाकर्षण जनाउँदै हिंसा भड्काउने, जनतालाई आतंकित पार्ने तथा गैरकानुनी गतिविधिमा संलग्न समूहलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । सो उद्देश्यका लागि आवश्यक रोकथाम, निवारण तथा द्रुत कारबाही कार्यान्वयनमा सबै निकायलाई जिम्मेवारी तोकिएको छ ।

बैठकमा नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका उच्च अधिकारीको सहभागिता रहेको थियो । रथीस्तरका सुरक्षा अधिकारीहरूले बैठकमा हालको आन्तरिक सुरक्षा अवस्थाको समीक्षा गर्दै केही जिल्लामा देखिन थालेका तनाव र चुनावी प्रतिस्पर्धाले निम्त्याउन सक्ने सम्भावित जोखिमबारे जानकारी गराएका थिए ।

सुरक्षा स्रोतका अनुसार यसपटक निर्वाचनमा सामाजिक सञ्चालका माध्यमबाट गरिने भड्काउने गतिविधि, अफवाह र गलत सूचना अभियानलाई पनि कडाइका साथ निगरानीमा राख्नुपर्ने सुरक्षा निकायका प्रमुखहरूको भनाइ थियो । बैठकले आवश्यक परे साइबर सुरक्षा संयन्त्रमार्फत तत्काल प्रतिकार्य गर्ने तयारी स्वीकृत गरेको छ ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको गतिविधि तीव्र हुँदै गर्दा, सुरक्षा निकायबीचको आपसी समन्वय, स्वच्छ सूचना प्रवाह तथा आकस्मिक प्रतिक्रिया क्षमतामाथि विशेष जोड दिइएको छ । केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार अब रक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएपछि सेना परिचालनको अन्तिम निर्णय राष्ट्रिय सुरक्षा परिषद्बाट हुनेछ ।

सुरक्षा निकायको भनाइ थियो– ‘सुरक्षा वातावरण चुनौतीपूर्ण भए पनि सबै निकायहरू बीचको समन्वय मजबुत छ । निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण बनाउन आवश्यक सबै तयारी पूरा गरिन्छ ।’

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब