निर्वाचन कार्यक्रम सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता

  • मंसिर १, २०८२ | ३७५ पटक पढिएको | सीमा संदेश
alt

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरेको हो । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता आउँदो माघ ६ गतेलाई तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । त्यही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ गते बिहान बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह प्रदान गरिने छ ।

यस्तै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मङ्सिर २१ गतेदेखि २३ गतेभित्र आयोगमा निवेदन दिनुपर्नेछ । मङ्सिर २४ गते निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ । पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब