मलको कालोबजारीको आरोपमा सहकारी सञ्चालक पक्राउ

  • मंसिर ३, २०८२ | १३६ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी प्रहरीले रसायनिक मल कालोबजारी गरेको आरोपमा एकजनालाई प्रक्राउ गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन् ।

नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नको लागि राखेको बिशेष सुराकीको आधारमा २४० बोरा मलसहित आइतबार नियन्त्रमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले ना ६ ख ६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएको बोरा १३० थान, ट्रकबाट अनलोड गरी जनता कृषि सहकारी संस्था लिमिटेडको गोदाममा राखेको बोरा ११० गरी जम्मा २४० बोरा मल र ट्रकसहित नियन्त्रमा लिएको बताउनुभयो ।

पक्राउ परेका यादवलाई कालोबजारीसम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब