श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग

  • मंसिर १५, २०८२ | २२१ पटक पढिएको | सीमा संदेश
alt

नेपाल सरकारले श्रीलंकामा हालै आएको विनाशकारी बाढीका कारण जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

साथै उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा सहयोग गर्न दुई लाख अमेरिकन डलर सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत यो जानकारी दिएको हो ।

द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलंकासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । नेपाल सरकारले दिवंगतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ ।

यस दुःखद् घटनाबाट पुनः उठ्ने क्रममा श्रीलंका जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।

श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।

यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । साथै श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब