पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १७ वर्षको जेल सजाय

  • पुस ६, २०८२ | २३० पटक पढिएको | सीमा संदेश

पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको आदेशको प्रतिलिपिलाई उद्दृत गरी ‘डन’ले जनाएअनुसार दुवैलाई १ करोड ६४ लाख रुपैयाँ जरिवाना पनि गरिएको छ । त्यो जरिवाना तिर्न नसके थप जेल सजाय हुनेछ । भ्रष्टाचार र गोपनीयता भङ्गगरेकोसहित विभिन्न आरोपमा जेल सजाय भोगिरहेका खान अहिले रावलपिन्डीको अडियाला जेलमा रहेका छन् ।

उनकी श्रीमती बुसरालाई पनि १७ वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । खान कुनै बेला अन्तर्राष्ट्रिय क्रिकेटमा ख्यातिप्राप्त पाकिस्तानी खेलाडी थिए ।

उनी पछि राजनीतिमा प्रवेश गरे अनि देशको प्रधानमन्त्री समेत बने । खान र बुसराले यी सबै अभियोगलाई अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साधिँएको दाबी गर्दै आएका छन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब