पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १७ वर्षको जेल सजाय

  • पुस ६, २०८२ | ३१६ पटक पढिएको | सीमा संदेश

पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको आदेशको प्रतिलिपिलाई उद्दृत गरी ‘डन’ले जनाएअनुसार दुवैलाई १ करोड ६४ लाख रुपैयाँ जरिवाना पनि गरिएको छ । त्यो जरिवाना तिर्न नसके थप जेल सजाय हुनेछ । भ्रष्टाचार र गोपनीयता भङ्गगरेकोसहित विभिन्न आरोपमा जेल सजाय भोगिरहेका खान अहिले रावलपिन्डीको अडियाला जेलमा रहेका छन् ।

उनकी श्रीमती बुसरालाई पनि १७ वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । खान कुनै बेला अन्तर्राष्ट्रिय क्रिकेटमा ख्यातिप्राप्त पाकिस्तानी खेलाडी थिए ।

उनी पछि राजनीतिमा प्रवेश गरे अनि देशको प्रधानमन्त्री समेत बने । खान र बुसराले यी सबै अभियोगलाई अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साधिँएको दाबी गर्दै आएका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब