टिकटकबाट उदाएर फिल्मी यात्रामा स्मारिका

  • पुस १८, २०८२ | २८८ पटक पढिएको | सीमा संदेश
alt

 सामाजिक सञ्जाल टिकटक अहिले धेरैका लागि आफ्नो कला प्रकट गर्ने माध्यम बनेको छ । अहिलेकी व्यस्त मोडल तथा कलाकार स्मारिका ढकालको यात्रा पनि टिकटकमा भिडियो बनाएर सुरु भएको थियो । पाँच वर्षअघि झापाको आफ्नै गाउँमा बसेर टिकटक भिडियो बनाउन सुरु गर्दै गर्दा जुम्ल्याहा दिदीबहिनी स्मारिका र समारिका ‘भाइरल’ हुँदै कलाकारितामा छाइएला भनेर सायदै सोचेका थिए होलान् । स्मारिकाको कलाकारिता यात्राले अहिले ठुलो पर्दामा फड्को मारेको छ ।

‘मुग्लान’बाट स्मारिकाको फिल्मी यात्रा सुरु भएको छ । गत बिहीबारदेखि प्रदर्शनमा आएको यो फिल्मले न चर्चा पाएको छ, न व्यवसाय नै राम्रो गर्न सक्यो, यद्यपि हिरोइनको रूपमा काम गर्न पाएकोमा स्मारिका खुसी छिन् ।

‘फिल्मको व्यवसाय के-कस्तो भयो त्यो मेरो पाटो होइन । मलाई ठुलो पर्दामा डेब्यु गर्नु थियो । त्यो सपना यो फिल्मले पूरा गरायो,’ उनी भन्छिन्, ‘मोडलको रूपमा चिनिएकी मेरो अर्को परिचय बन्यो । बल्ल हिरोइन भएँ, व्यावसायिक रूपमा सफल भएको फिल्म पनि दिउँला नि ।‘

‘मुगलान’ उनी राधा नामकी गाउँले युवतीको भूमिकामा देखिएकी छन् । यो भूमिकाका लागि उनले गुल्मेली लवज सिक्नुपर्‍यो र कार्यशाला (वर्कसप) मा निकै मिहिनेत गर्नुपर्‍यो । पहिलो फिल्म वर्कसपसहित जाँदा अभिनय सजिलो भएको उनको अनुभव छ ।

टिकटककी स्मारिका कसरी छानिइन् फिल्ममा ? उनले जिज्ञासा मेटाइन्, ‘म म्युजिक भिडियो अभिनय गरिरहेकी थिएँ । फिल्मका निर्देशक आशिष ढकालले अफर गर्नुभयो ।’

५०० बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी स्मारिकालाई अब फिल्ममा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास त थियो, तर निर्देशकले अफर गर्ने बित्तिकै सिधै हाम फालिनन् । पहिले कथा र विषयवस्तुको बारेमा बुझिन् र त्यसपछि स्क्रिप्ट पढिन् ।

‘मैले पुरानो ‘मुग्लान’ फिल्म हेरेकी थिएँ, जुन निकै राम्रो थियो । त्यसको कथा पनि याद छ’, उनी सुनाउँछिन्, ‘त्यसैले यो फिल्ममा मलाई काम गर्न मन लाग्यो ।’

muglan

फिल्मको सुटिङ चित्लाङमा गरिएको हो । जाडोयाममा त्यहाँको कठ्यांग्रिँदो चिसोमा सुटिङ गर्दा स्मारिकालाई सकस पनि भयो । तर त्यही कठिन कामले आफूलाई थप परिपक्व बनाउन बनाएको उनको अनुभव छ । ‘म्युजिक भिडियोको काम एक-दुई दिनमा सकिन्थ्यो । फिल्मको लामो समय लाग्ने भएकाले अलि गाह्रो भएको हो,’ उनी भन्छिन् ।

भिडियोमा कसरी ?

स्मारिक झापामा रहँदा सामान्य मनोरञ्जनका लागि टिकटकमा भिडियो बनाउँथिन् । टिकटक बनाउँदै गर्दा उनको सुन्दरता र अभिनय गर्ने शैली काठमाडौँका म्युजिक भिडियो निर्देशकहरूको नजरमा पर्‍यो । कतिपय निर्देशकले उनलाई सम्पर्क गरेर भिडियोको अफर गरे । डेब्युका लागि उनले निर्देशक माइकल चन्दको ‘आँखैमा पियारा’ गीत रोजिन् । राजा राजेन्द्र पोखरेलको स्वर रहेको गीतमा उनले अभिनेता जितु नेपालसँग काम गरेकी थिइन् । तर त्यो गीत समयमा रिलिज भएन ।

त्यसपछि उनले सम्राट चौलागाईंको स्वर रहेको गीत ‘फेमस भइकन’को म्युजिक भिडियो गरिन् । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोमा उनको जोडी अभिनेता पल शाह थिए । यो नै उनको सार्वजनिक पहिलो म्युजिक भिडियो थियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । पाँच वर्षको अवधिमा विभिन्न जनराका गरी ५०० भन्दा बढी म्युजिक भिडियोमा उनले अभिनय गरिसकेकी छन् । ‘आइटम डान्सर’ को भूमिकाबाट भने उनले आफूलाई टाढै राखेकी छन् ।

कलाकारितासँगै व्यवसाय पनि गर्दैछिन् स्मारिका । ग्लामरको चम्किलो संसारमा सधैँ एकैनासको समय रहँदैन भन्ने कुरा स्मारिकाले बुझेकी छन् । त्यसैले त उनले अहिले आफूलाई अभिनयमा मात्र सीमित राखेकी छैनन् । स्नातक (ब्याचलर) सम्मको अध्ययन पूरा गरेकी उनले हालै बौद्धमा आफ्नै जिम सेन्टर सञ्चालनमा ल्याएकी छन् । ‘कलाकारिताको समय सधैँ उस्तै नहुन सक्छ, त्यसैले विकल्पका रूपमा मैले जिम सेन्टर खोलेकी हुँ’, उनी भन्छिन् । 

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब