राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४४३९ जना जनशक्ति, कति पाइन्छ तलब ?

  • माघ १, २०८२ | १३५ पटक पढिएको | सीमा संदेश
alt

सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो।

कार्यालयले देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक माग गरेको हो। सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ भने गणकका लागि १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ। सेवा सुविधाका हकमा सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ। योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ।

आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिनेछ। इच्छुक व्यक्तिहरूले राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। म्याद नाघी वा रित नपुगी आएका दरखास्तमाथि कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ।

1768444579_TTT

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब