सिरहामा निर्वाचन प्रहरीका लागि ५ हजार ८१ जनाको निवेदन दर्ता, मधेश प्रदेशबाट ५३ हजार बढीले दिए निवेदन

  • माघ ३, २०८२ | २७५ पटक पढिएको | सीमा संदेश
alt

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि सिरहामा निर्वाचन प्रहरीका लागि ५ हजार ८१ जनाको निवेदन दर्ता भएको छ । मधेश प्रदेशबाट निर्वाचन (म्यादी) प्रहरीका लागि ५३ हजार भन्दा बढीले निवेदन दर्ता गराएका छन् ।

मधेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार प्रदेशभरि नेपाल र शस्त्र प्रहरी कुल ५३ हजार ३३८ जनाले म्यादी प्रहरीमा निवेदन दिएका छन् । प्रदेशभरीमा २८ हजार २९५ जना आवश्यक रहेकोमा नेपाल प्रहरी तर्फबाट ४८ हजार २५० र सशस्त्र ५ हजार ८८ जनाले म्याद प्रहरीका लागि निवेदन दिएका छन् ।

प्रदेश प्रहरीले जनाए अनुसार नेपाल प्रहरी तर्फ जिल्लागत रूपमा सबैभन्दा बढी निवेदन धनुषाबाट ६ हजार ९१६ दर्ता भएको छ । अन्य जिल्लातर्फ पर्साबाट ५ हजार ३९९, रौतहटबाट ६ हजार २८४, बाराबाट ६ हजार ७७८, सर्लाहीबाट ६ हजार २६५, महोतरीबाट ५ हजार ३५९, सिरहाबाट ४ हजार ४५९ र सप्तरीबाट ६ हजार ३९५ जनाले निवेदन दर्ता गराएका छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ महोतरी जिल्लाबाहेक सबै प्रदेशमा निवेदन परेको छ । विवरण अनुसार पर्साबाट ५२१, बाराबाट १ हजार ६६४, रौतहटबाट ४६९, सर्लाहीबाट ३९६, धनुषाबाट २ ९९, सिरहाबाट ६२२ र सप्तरीबाट १ हजार ११७ निवेदन परेको हो । प्रदेश प्रहरीले दिएको जानकारी अनुसार पर्सामा २ हजार ४६७, बारामा ३ हजार ६३८, रौतहटमा ३ हजार ४६६, सर्लाहीमा ३ हजार ९२६, महोतरीमा ३ हजार ४४७, धनुषामा ४ हजार १४२, सिरहामा ३ हजार ३७२ र सप्तरीमा ३ हजार ८३७ म्यादी प्रहरीका लागि आवेदन माग गरिएको थियो ।

प्रदेश प्रहरीका अनुसार निवेदन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ र अब शारीरिक परीक्षण, स्वास्थ्य परीक्षण तथा अन्य मापदण्डका आधारमा अन्तिम छनोट प्रक्रिया अघि बढाइनेछ । म्यादी प्रहरी निर्वाचन अवधिभर सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहने भएकाले छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष ढंगले गरिनेछ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब