‘सम्बन्धबाट विश्राम लिने’ घोषणापछि चर्चामा नेहा

  • माघ ८, २०८२ | २७१ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । भारतीय गायिका नेहा कक्कडको एउटा रहस्यमयी सामाजिक सञ्जाल पोस्टले निम्त्याएको डिभोर्सको चर्चा अन्ततः साम्य भएको छ।

केही दिनअघि ‘सबै सम्बन्धहरूबाट ब्रेक लिँदैछु’ भनी पोस्ट गरेपछि उनी र पति रोहनप्रित सिंहबीच सम्बन्धविच्छेद हुन लागेको भन्दै सञ्चारमाध्यम र फ्यानमाझ सनसनी फैलिएको थियो। तर, नेहाले स्पष्टीकरण दिँदै आफू डिभोर्सको प्रक्रियामा नरहेको र परिवारलाई यस विवादमा नतान्न आग्रह गरेकी छिन्।

नेहाले अर्को पोस्ट शेयर गर्दै लेखेकी छिन्, ‘कृपया मेरा निर्दोष पति र प्यारो परिवारलाई यो सबमा नघिसार्नुहोस्। उहाँहरू सफा मनका हुनुहुन्छ र म आज जे छु, उहाँहरूकै साथका कारण छु।’ उनले आफू परिवारसँग नभई अन्य केही व्यक्ति र कार्यप्रणाली (सिस्टम) सँग दुखी रहेको खुलाएकी छिन्। 

सामाजिक सञ्जालमा भावुक भएर पोस्ट गर्दा मानिसहरूले ठुलो मसला बनाउने रहेछन् भन्ने पाठ ढिलो गरी सिकेको उनले स्वीकार गरेकी छिन्। गायिकाले अबदेखि आफ्नो व्यक्तिगत जीवनका बारेमा सार्वजनिक रूपमा कुरा नगर्ने निर्णय गरेकी छिन्। 

‘बेचारी इमोशनल नेहू यो दुनियाँका लागि अलि बढी नै भावुक छिन्,’ उनले थपेकी छिन्, ‘चिन्ता नगर्नुहोस्, म छिट्टै धमाकेदार रूपमा फर्किनेछु।’ 

यसअघि उनले आफूलाई कतै पनि तस्बिर नखिच्न र गोपनियताको सम्मान गर्न भन्दै मिडिया र फ्यानसँग आग्रह गरेकी थिइन्।

पछिल्लो समय नेहा र टोनी कक्कडको नयाँ गीत ‘क्यान्डी शप’ लाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। के-पपको नक्कल गरेको र नृत्यका स्टेपहरू अश्लील भएको भन्दै उनीहरू ट्रोलको निशानामा परेका थिए। 

सम्भवतः यही मानसिक तनावका कारण उनले विश्रामको घोषणा गरेको अनुमान गरिएको छ। चार वर्षको उमेरदेखि भजन गाएर सङ्घर्ष सुरु गरेकी नेहा बलिउडकी सर्वाधिक सफल र महँगी गायिकामध्ये एक हुन्।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब