मधेश प्रदेशमा ‘डमी’ उम्मेदवारको बाढी : निर्वाचन आचारसंहिता छल्न र बुथ प्रतिनिधि राख्न स्वतन्त्र उम्मेदवार

  • माघ ९, २०८२ | २४८ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई छल्न मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवारको नाममा ‘डमी’ खडा गरिएको छ ।

निर्वाचन आयोगको विवरण अनुसार मधेश प्रदेशमा १ हजार ४८ उम्मेदवार मध्ये ५ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संख्यात्मक रुपमा कूल उम्मेदवारको आधी भन्दा बढी स्वतन्त्र उम्मेदवारी परेको छ । जिल्लागत रुपमा धनुषा जिल्लामा सर्वाधिक १ सय ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सबैभन्दा कम स्वतन्त्र उम्मेदवारी सप्तरी जिल्लामा परेको छ । निर्वाचन कार्यालयका अनुसार ४२ जनाले मात्र स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिरहा जिल्लामा ८५ जना, बारा जिल्लाबाट ४७ र पर्सा जिल्लाबाट पनि ४७, रौतहट जिल्लामा ७८, सर्लाहीमा ७२ जना र महोत्तरीमा ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुमा कुनै दलको विद्रोही भन्दापनि एउटै दलका कयौं उम्मेदवारहरु रहेका छन् । स्वतन्त्र उम्मेदवारहरु मध्ये सम्बन्धित दलका उम्मेदवारको पक्षमा मतदान हुनु केही दिन मात्र अगाडि समर्थन जनाउने गर्छन् । पार्टीगत उम्मेदवार सरह नै चुनावमा स्वतन्त्र उम्मेदवारहरुले समेत सुविधा पाउने भएकाले प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले उनीहरुको सुविधा उपभोग गर्छन् । प्रतिस्पर्धी उम्मेदवारहरुले नै अधिकांश स्वतन्त्र उम्मेदवार उठाउने गर्छन् ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का राजनीतिकर्मी डा. धनञ्जय यादवले स्वतन्त्र उम्मेदवार उठाएर सवारी साधन, मतदानको दिन बुथ प्रतिनिधि र मतगणनामा प्रतिनिधिको संख्या बढाउन मुख्य उम्मेदवारहरुले आचारसंहिता छल्ने गरेको बताए । ‘स्वतन्त्र उम्मेदवारी दिनेहरु मध्ये अधिकांश उम्मेदवार प्रतिस्पर्धी दलका सहयोगी रहने गरेका छन् ।’ उनले भने, दलगत उम्मेदवारहरु भन्दा स्वतन्त्र उम्मेदवार हरुको संख्या बढ्दा पनि दलमा विद्रोह भएको देखिदैन ।

विगतको चुनावहरुमा समेत अधिकांश स्वतन्त्र उम्मेदवारको छापमा दुई अंकको समेत मत ल्याएको थिएन । कतिपय उम्मेदवारको चिह्नमा १० भन्दा पनि कम मत परेको थियो । डमी रहेका स्वतन्त्र उम्मेदवार हरुको चुनावी प्रचारको सुविधा समेत उठाउने दलका उम्मेदवारहरुले त्यसबाट सुविधा पनि उनीहरुले नै लिने गरेका छन् ।

उम्मेदवारको संख्या बढी देखिए पनि मधेशको ३२ वटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा सीमित उम्मेदवारबीच मात्र हुने देखिएको छ । कतिपय निर्वाचन क्षेत्रमा गत चुनावका विजेता र उपविजेताहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । स्रोतहरुका अनुसार स्वतन्त्र उम्मेदवार उठाउनेमा एमाले अगाडि रहेको छ । प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवारहरुले अन्य दलका उम्मेदवारहरुको तुलनामा बढी डमी खडा गरेको देखिन्छ । स्वतन्त्र उम्मेदवारहरुले पनि दलगत उम्मेदवारहरु सरह नै सुविधा पाउने निर्वाचन अधिकृतहरुले बताएका छन् ।

कानुनले सबै उम्मेदवारको समान अधिकार दिएकाले त्यसमा निर्वाचन कार्यालयको कुनै भूमिका नरहने जनाइएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबै उम्मेदवारका लागि समान रुपमा लागु हुने निर्वाचन अधिकृतहरुले जनाएका छन् । आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई कारवाही गरिने व्यवस्था रहेको उनीहरुले जनाएका छन् ।

निर्वाचन आचारसंहिताको अनुगमनका लागि विभिन्न पर्यवेक्षण टोली, प्रहरी, निर्वाचन कार्यालय लगायतको निकायहरु सक्रिय रहने बताइएको छ । निर्वाचन आयोगमा १ सय ३७ वटा राजनीतिक दल दर्ता रहेका छन् । त्यस मध्ये केही यस पटक मात्र दर्ता भएका छन् । देशभरिमै मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवार सर्वाधिक रहेका छन् ।

दलगत उम्मेदवारको साथमा स्वतन्त्र उम्मेदवारहरु प्रचार गरेको प्रशस्तै भेटिन्छ । उनीहरुले पाउने सुविधा प्रतिस्पर्धी उम्मेदवारहरुले प्रयोग गर्ने भएकाले आचारसंहिता उल्लंघन समेत गरेको प्रमाण फेला नपर्ने डा.यादवले जनाए । ‘उम्मेदवारले खर्च गर्ने रकम निर्वाचन आयोगबाट निर्धारण गरिएको छ ।’ उनले भने, तर स्वतन्त्र उम्मेदवारहरुले पाउने सुविधा समेत उपभोग गर्दा खर्च निकै बढने देखिन्छ । हुन त मधेश प्रदेशमा चुनाव अत्यन्त महँगो भएको दलका नेताहरुले समेत बताउने गरेका छन् ।

चुनाव खर्चिलो भएको कारण कतिपय नेताहरु चुनावको प्रतिस्पर्धामा भाग नै लिन छाडेका छन् । डा.यादवका अनुसार अधिकांश स्वतन्त्र उम्मेदवारलाई उठाउने दलका पनि सीमित नेताहरुले चिन्ने गर्छन् ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब