मधेशमा १२ को उम्मेदवारी फिर्ता

  • माघ १०, २०८२ | २६८ पटक पढिएको | सीमा संदेश
alt

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये मधेश प्रदेशबाट १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

माघ ६ गते उम्मेदवारी दर्तागरेका मध्ये देशभरिमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएकोमा १२ जना मधेश प्रदेशकै रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगका अनुसार प्रदेशका सिरहाबाट १, महोत्तरीबाट ४, सर्लाहीबाट २, रौतहटबाट १, बाराबाट २ र पर्साबाट २ जनाले उम्मेदवारी फिर्ता लिएको छ ।

फिर्ता लिनेहरुमा अधिकांश स्वतन्त्रका रहेका छन भने उनीहरुले व्यक्तिगत कारण, उम्मेदवार बन्ने इच्छा नभएको र विशेष कारण देखाउंदै उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा सिरहा क्षेत्र नं. ४ बाट आम जनता पार्टीका विरेन्द्र प्रसाद साह, महोत्तरीको क्षेत्र नं. १ बाट स्वतन्त्रतर्फ टेकप्रसाद पोखरेल, प्रमोद कुमार साह, महोत्तरी क्षेत्र नं. ३ बाट स्वतन्त्रतर्फ राधेश्याम तिवारी, महोत्तरी क्षेत्र नं. ४ बाट स्वतन्त्रतर्फ संजय कुमार चौधरी रहेका छन् ।

सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्रतर्फ भरत थापा, सर्लाही क्षेत्र नं. ४ बाट स्वतन्त्रतर्फ महेश प्रसाद यादव, रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्रतर्फ अमिन्द्र राय यादव, बारा क्षेत्र नं. ४ बाट नेपाल संघीय समाजवादी पार्टीका कलामुद्दीन कवारी, डेमोक्रेट पार्टीका नरबहादुर श्रेष्ठ र पर्सा २ बाट स्वतन्त्रतर्फका राजेश्वर प्रसाद साह क्षेत्र नं. ४ बाट पिपुल्स फस्र्ट पार्टीका फिरोज अन्सारीले उम्मेदवारी फिर्ता लिएको हो ।

राजनीतिक दल र स्वतन्त्र गरी देशभरिमा तीन हजार ४८७ जनाले उम्मेदवारी दिएकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका एक पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । मधेश प्रदेशमा १ हजार ४८ उम्मेदवार ५६४ जना स्वतन्त्र उम्मेदवार रहेका थिए । स्वतन्त्र उम्मेदवार मध्ये अधिकांश डमी उम्मेदवार रहेका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब