प्रसिद्ध भारतीय गायक अरिजीत सिंहले अब प्लेब्याक गायकका रूपमा कुनै पनि नयाँ गीत नगाउने घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत यस्तो बताएका हुन् ।
अरिजीत सिंहले आफ्नो सन्देशमा नयाँ वर्षको शुभकामना दिँदै वर्षौँदेखि आफूलाई माया र समर्थन गर्ने सबै श्रोताहरूप्रति आभार व्यक्त गरेका छन् । उनले अब प्लेब्याक गायकको यात्रालाई यहीँ समाप्त गर्ने बताएका छन्।
उनको यो घोषणापछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ, किनभने पछिल्ला वर्षहरूमा बलिउडका धेरै हिट गीतहरू अरिजीत सिंहकै आवाजमा आएका छन् ।
अरिजीत सिंहले आफ्नो संगीत यात्रालाई ‘एक सुन्दर यात्रा’ भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved