पूर्वाधार विकास कार्यालयको सब इन्जिनियरलाई गोली हानी हत्या ।

  • फागुन ४, २०८२ | २३१ पटक पढिएको | सीमा संदेश
alt

सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इञ्जिनीयर प्रमोद यादवमाथि गोली हानी हत्या गरिएको छ ।

आइतबार साँझ करिब ८ बजे डेरामै रहेको अवस्थामा गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलंगलवा नगरपालिका १० अदालत नजिकै डेरा लिइ बस्दै आएका छन् । उनलाई डेराको बरण्डामै गोली प्रहार गरिएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका सब इञ्जिनियर यादवको मलंगवास्थित प्रादेशिक अस्तापलमा उपचारको क्रममा मृत्यु भएको जिप्रका सर्लाहीका प्रवक्तासमेत रहेका डिएसपी सरोज राईले जनाकारी दिएका छन् ।

मलंगवा नगरपालिका वडा नम्बर १० मा डेरा रहेका उनी सिराहाको सुखीपुरका हुन् । घटनाबारे अनुसन्धान भइरहेको तथा सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा पारिएको डिएसपि राईको भनाइ छ । भाडाको घरमा बस्दै आएका सब इञ्जिनियर यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेका छन् ।

यादवको बायाँ छातीमा मुटुको तल नजिकबाट गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते यादवलाई उपचारको लागि प्रादेशिक असपताल मलंगवामा ल्याए पछि उनको घटना स्थलमै मृत्यु भइसकेको उपचारमा संलग्न रहेका एक चिकित्सकले जनाएका छन् । सुखिपुर नगरपालिका घरभएका सब इञ्जिनियर यादव करिब १ वर्ष देखि पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यारत थिए ।

सब इञ्जिनियर यादवको दुई बर्षको छोरी रहेको छ । आक्रमण बारे डिएसपी राईले भने गोली प्रहार कसले ग¥यो, आक्रमणकारी कति जना थियो, के मा आएको थियो लगायतका कुरा बारे अहिले केही खुलेको छैन अनुसन्धान तिव्र बनाएका र्छौ । घटनापछि सो क्षेत्र अहिले त्रसित भएको छ भने छन भने प्रहरीले ठाउँ ठाउँमा सर्च अभियान तिव्र पारेका छन् ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब