नरेन्द्र मोदीको घोषणाः भारतले सगरमाथासम्म उड्न सक्ने हेलिकोप्टर बनाउने, फ्रान्स विशेष साझेदार

  • फागुन ६, २०८२ | २९४ पटक पढिएको | सीमा संदेश
alt

मुम्बईमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों सँग भेटवार्ता गरे। उक्त अवसरमा मोदीले भारत र फ्रान्स मिलेर भारतमै सगरमाथाजस्तो उचाइसम्म उड्न सक्ने हेलिकोप्टर निर्माण गर्ने घोषणा गरे।

मोदीले फ्रान्सलाई भारतको विशेष साझेदार बताउँदै दुवै देशबीचको सम्बन्धलाई ‘स्पेशल ग्लोबल स्ट्राटेजिक पार्टनरशिप’ स्तरमा स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार यस प्रकारको साझेदारीको अर्थ दुवै देश केवल व्यापार वा हतियार खरिद–बिक्रीमा सीमित नहने, बरु सुरक्षा, प्रविधि, अन्तरिक्ष, समुद्री सुरक्षा र विश्वव्यापी मुद्दाहरूमा सहकार्य गर्ने हो। यसअघि दुई देशबीच सन् १९९८ देखि ‘स्ट्राटेजिक पार्टनरशिप’ कायम रहेको थियो।

त्यसपछि म्याक्रोंले इन्डिया–फ्रान्स इनोभेसन फोरमलाई सम्बोधन गर्दै विश्वका धेरै ठूला कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भारतीय रहेको उल्लेख गरे। उनले अल्फाबेट, माइक्रोसफ्ट, आइबीएम, एडोबी र पालो आल्टो नेटवक्र्स जस्ता कम्पनीका सीईओ भारतीय रहेको बताए। म्याक्रोंले अब भारत नेतृत्व गर्ने राष्ट्रका रूपमा उभिएको पनि उल्लेख गरे। एजेन्सी

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब