'कार्की साइँला'मा जितुको जोडी प्रियना

  • फागुन ७, २०८२ | १२० पटक पढिएको | सीमा संदेश
alt

राजेन्द्र बस्नेतको निर्देशन रहने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ । निर्माण टिमले मुख्य अभिनेत्रीमा आचार्यलाई भित्र्याएको हो । उनी फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा देखिनेछिन् ।

निर्देशक बस्नेतले फिल्मको कथामा प्रियना सुहाउने भएकोले अनुबन्ध गरेको बताए । नेपालको पूर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुनेछ ।

फिल्ममा जितु नेपाल र प्रियाना आचार्यका अलवा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायतको अभिनय रहनेछ ।

कर्णबहादुर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन् । कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायाङ्कन डम्बर राईको रहने छ। यस फिल्मको द्वन्द्व किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको रहेको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब