इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

  • फागुन ८, २०८२ | १५४ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक कार्यक्रमसम्बन्धी वार्ता १० दिनभित्र निष्कर्षमा नपुगे सैन्य कारबाही हुन सक्ने चेतावनी दिनुभएको छ । वाशिङ्टनमा आयोजित बोर्ड अफ पिसको पहिलो बैठकमा उहाँले अर्थपूर्ण सम्झौता नभए अवस्था राम्रो नहुने बताउनुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पका अनुसार विशेष दूतमार्फत भइरहेका वार्ता सकारात्मक भए पनि विगतको अनुभवका आधारमा इरानसँग अर्थपूर्ण सम्झौता गर्न कठिन रहेको उल्लेख गर्नुभयो । यसअघि ह्वाइट हाउसले कूटनीतिक समाधान अझै सम्भव रहेको जनाएको थियो । पछिल्लो समय अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।

विमानवाहक पोत तैनाथ गरिएको छ भने गएको वर्ष जुनमा अमेरिकी मिसाइल तथा विमानले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेका थिए । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले सामाजिक सञ्जालमार्फत अमेरिकी युद्धपोतप्रति कडा चेतावनी दिँदै प्रतिक्रिया जनाउनुभएको छ ।

अमेरिकी कंग्रेसका केही सदस्यले कंग्रेसको स्वीकृतिविना इरानविरुद्ध सैन्य कारबाही नगर्न दबाब दिएका छन् । बेलायत सरकारले सम्भावित आक्रमणका लागि आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको जनाइएको छ । पछिल्लो घटनाक्रमसँगै इरान–अमेरिका सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब