कल्याणपुरमा डकैती प्रकरण : पेस्तोल, गोली र लागुऔषधसहित चारजना पक्राउ

  • फागुन ११, २०८२ | २३२ पटक पढिएको | सीमा संदेश
alt

कल्याणपुर नगरपालिका– १२, बेल्हाकट्टी गाउँमा तीन महिनाअघि दुईजनालाई गम्भीर घाइते बनाई करिब ६ लाख रुपैयाँबराबरको डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत डकैतीमा संलग्न रहेका चारजनाको विवरणसहित बरामद गरिएका कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, कडा खालको मानिने खैरो हेरोइनजस्तो देखिने पदार्थ र मोबाइल सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा लहान नगरपालिका– २२ घर भई हाल १३ नं. वडामा घर बनाएर बस्दै आएका करिब ४९ वर्षीय लाल मोहमद अन्सारी, भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत खजौली थाना ग्राम पंचायत भकुवा वडा नं. १३ घर भई हाल लहान २२ मा बस्दै आएका करिब ४२ वर्षीय मोहमद गुलाब अन्सारीलगायत रहेका प्रहरीले जनाएको छ।

लागुऔषध, पेस्तोल र गोली बरामद
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उक्त डकैतीमा संलग्न लहान– ५ बस्ने करिब २८ वर्षीय मो. एकवाल मियाँ र धनुषाको विदेह नगरपालिका– ४, ठाडीझिझा टोल बस्ने करिब ३२ वर्षीय अमरप्रकाश पासवानलाई पनि पक्राउ गरिएको छ।

प्रहरीले खोजतलासको क्रममा ६ फागुनमा पक्राउ गरिएका लाल मोहमदको घर कोठाबाट प्लास्टिकबाहेक ३० ग्राम गिलो अवस्थाको खैरो हेरोइनजस्तो पदार्थ, घरको भर्याङ्मा जस्तापाताको छानाभित्र कपडामा बेरेर लुकाइएको एमएमकेएफ लेखिएको दुई राउण्ड गोली र काठको बिँड भएको एक थान कटुवा पेस्तोलसमेत बदामद भएको उनले बताए।

उनका अनुसार मोहमद गुलावको घर कम्पाउण्डको जस्तापाताको बारभित्र कपडामा बेरेर लुकाइएको एमएमकेएफ लेखिएको दुई राउण्ड गोली र काठको बिँड भएको एक थान कटुवा पेस्तोलसमेत बरामद भएको छ।

पक्राउ परेकाहरुविरुद्ध डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र लागुऔषध (खैरो हेरोइन) मुद्दा शीर्षकमा सिराहा जिल्ला अदालतबाट पक्राउ परेकै दिनदेखि लागू हुने गरी पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडितका छोरा मुकेशकुमार सिंहले ७ फागुनमा जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेकाहरूसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

यस्तो थियो घटना
गत ३ मंसिरको बिहान करिब पौने २ बजेतिर कल्यानपुर १२ बेल्हाकट्टीका भोला महतोको घरमा आठ/दसजनाको हतियारधारी अज्ञात समूहले कटुवा पेस्तोल देखाउँदै लुटपाट र डकैती गरेको थियो। नकाव लगाएको हतियारधारी समूहले पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिँदै सुनको नथिया, टीका, मंगलसूत्र, तिलहरीसमेत करिब एक तोला सुन र पाउजु, कल्ली, गरी करिब ९६ तोला चाँदी, एक-एक थान मोबाइल र ड्रोन क्यामेरा गरी करिब छ लाख रुपैयाँको धनमाल डकैती गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार डकैती गरी भाग्ने क्रममा हो–हल्ला भएपछि पीडित भोलाका नाति करिब ४२ वर्षीय वीरेन्द्र महतो र पनाति करिब २३ वर्षीय अनिलकुमार महतोलगायतले लखेट्ने क्रममा लुटेरा समूहले अन्धाधुन्ध फायरिङ गर्दा वीरेन्द्रको दाहिने छाती र अनिलको छातीको बायाँ भागमा गोली लागेर गम्भीर घाइते भएका थिए।

घटनाको स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि जिल्ला प्रहरीबाट समेत प्रहरी नायव उपरीक्षक पालको कमाण्डमा टोली गठन गरी थप अनुसन्धान गर्ने क्रममा चारजनालाई हातहतियार र लागुऔषधसहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उक्त समूहले नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानहरुमा डकैती लुटपाट गर्दै आएको थियो। सो समूहका मो. हकिम बेल्हाकट्टीको डकैती हुनुभन्दा अगाडि भारतको लदनियामा भएको करिब चार करोड रुपैयाँबराबरको लुटपाटमा संलग्न रहेको पाइएपछि भारतीय प्रहरीले नै पक्राउ गरी अनुसन्धान गरिरहेको खुलेको प्रहरीले जनाएको छ। 

अनुसन्धानको क्रममा  बेल्हाकट्टीको डकैतीमा प्रयोग भएको प्र.०१–०५–०० ह ०२१८ नम्बरको अटोरिक्सा नियन्त्रणमा लिइए पनि अटोरिक्साधनी फरार रहेको प्रहरीले जनाएको छ। यसैगरी, डकैती गरिएका सुनचाँदी बिक्री गरिएको ठाउँको पहिचान भएको र खरिद गर्ने व्यक्ति फरार रहेको बताइएको छ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब