सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताः क्वाटर फाइनल खेलमा वडा नं. ११ र ९ विजयी

  • फागुन १२, २०८२ | २९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन १२ गते । सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको छैठौँ  दिनको दुई चरणका क्वाटर फाइनल खेलमा वडा नं. ११ र ९  विजयी भएको छ।

पहिलो चरणको खेलमा वडा नं. ११ र वडा नं. २२ खेल अवधि सम्म कुनै गोल गर्न नसकेपछि टईबेकरबाट निर्णय लिएको छ । टइबेकरमा वडा नं.११ ले ३ गोल गरे र वडा नं. २२ ले २ गोल मात्र फर्काएर पराजित भए । खेलको प्लेयर अफ द म्याच वडा नं. ११ का खेलाडी सुरज कमती भएको छ । यस जितसँगै वडा नं. ११ सेमि फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी दोस्रो चरणको खेल वडा नं. ९ ले २ गोल गरे र वडा न. १२ ले खेल अवधिको समयमा कुनै गोल फर्काउन नसकेपछि पराजित भएका छन । खेलको प्लेयर अफ द म्याच वडा नं. ९ को खेलाडी दिपक यादब भएको छ। यस जितसँगै वडा नं. ९ सेमि फाइनलमा प्रवेश गरको छ ।

युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगरस्तरी फुटबल प्रतियोगिताको सातौँ दिन आज (मंगलवार) सेमि फाइनल खेलमा बेलुका ३ बजे वडा नं. ७ र वडा नं ११ बिच भिडन्त हुने आयोजक संस्थाको अध्यक्ष राजिप यादबले बताए ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब